समुन्द्र पौडेल(तनहुँ खबर डटकम) तनहुँ, असोज १५ अरिंगालले टोकेर आइतबार तनहुँमा ३ बालिका गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा कलेस्ती बानियाटारकी गोविन्द केसीका २ छोरी ८ बर्षिया अजिता केसी, २ वर्षिय अमिसा केसी र छिमेकी प्रेम बहादुर घिमिरेकी १०ल वर्षिया छोरी भावना घिमिरे रहेका छन् । हावाहुरीले घर नजिकैको रुखबाट अरिगांलको गोलो खसाल्दा घरमा बसिरहेका उनीहरुलाई अरिगांलले टोकेको प्रहरीले जनाएको छ । घाइते तिनै बालिकालाई थप उपचारका लागि दमौली अस्पतालले पोखरा पठाएको छ ।