Responsive Ad Slot

latest

प्रधानसेनापति गुरुङ अमेरिका प्रस्थान

Monday, October 17

/ by Admin BHOLA THAPA

काठमाडौ, आश्विन ३० - प्रधानसेनापति छत्रमानसिंह गुरुङ अमेरिकाको होनोलुलु, हवाइमा आयोजना हुन लागेको प्रधानसेनापतिहरूको १४ औं सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति गुरुङ अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डको आयोजनामा असोज ३० देखि कात्तिक ३ गतेसम्म हुन लागेको 'एसिया प्रशान्त क्षेत्रको समुद्री सुरक्षाबारे बहुपक्षीय दृष्टिकोण' सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
'सम्मेलन एसिया प्रशान्त क्षेत्रमा बहुपक्षीय सामुदि्रक सुरक्षा सहयोग, जापानमा गएको महाभूकम्पबाट सिक्नुपर्ने पाठ, दैवी प्रकोप तथा प्रकोप व्यवस्थापनलगायतका विषयमा प्रस्तुतीकरण, अन्तक्रिर्या तथा बृहत् छलफलमा केन्दि्रत रहनेछ,' निर्देशनालयद्वारा जारी विज्ञप्तिमा छ । एसिया प्रशान्त क्षेत्रका २७ मुलुकका सेना प्रमुखहरू सहभागी हुने सम्मेलनलाई प्रशान्त क्षेत्रीय कमान्डका कमान्डर एडमाइरल रोबर्ट विलर्डले सम्बोधन गर्ने जनाइएको छ । निर्देशनालयका अनुसार सम्मेलनका क्रममा सहभागी प्रधानसेनापतिबीच द्विपक्षीय तथा बहुपक्षीय विषयमा समेत छलफल हुनेछ । भ्रमण टोलीमा गुरुङकी श्रीमती कमला तथा अन्य स्टाफ अधिकृत सम्मिलित छन् । प्रधानसेनापति गुरुङ कात्तिक ९ गते स्वदेश फिर्ता हुनेछन् । प्रधानसेनापतिलाई बलाध्यक्षरथी गौरवशमशेर जबराले अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए । बिदाइ अवसरमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको समेत उपस्थिति थियो । प्रधानसेनापति गुरुङको अनुपस्थितिमा बलाध्यक्षरथी जबराले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

समाचार साभारः इकान्तिपुर डट कम बाट
Don't Miss
© all rights reserved
made with by netKUTI