वादल भित्र गुन्जिएको आवाज सुन्न सक्छु यो संसारमा मेरो
आमाको चाहाना र ईच्छा पुरा गर्न रमाईलो दिनहरु कहिले विताउन सकेन !
केवल वालक कालमा विताएका दिनहरु वाहेक नौ महिना
आफ्नो कोख र मैदानमा रमाई खेल्नु भन्दा अरु केही पाएको छैन !
जन्मने दिन सम्म पनि थाहा थिएन मलाई
भविश्य के कस्तो होला ! आमाको ईच्छा हुन्छ !
वालकलाई जन्म हुर्के ठुलो मनिस वनाउने नौ महिना पुरा गरी
शरीरीक मैदानबाट महान संसारमा टेकेर मलाई जन्म दिदा कराए
रोए होला ! मेरी आमा ज्यानै छोडिन होला कतै त धर्ती
खाल्टो कतै हात खुट्टाका नङहरु छटपटीदा झरे होलान !
मेरी आमा ! ले काखमा राखी दु:ख सम्झी म
माथी तप, तप, आँसु झार्थिन, शायद म नव वालकलाई के थाहा आमाले आसु
झारी रहनु भएको छ भनेर !
मैले आमाको आसु तप, तप, झर्दा तातो महसुस गर्द थे होला मैले !
त्यो वेला दुई खुट्टा दुई हात माथी उचाल्थे होला दु:खी आमाको
आसु ले नुहाएको के थाहा आज म सँग भएको भए कती
रमाउथीन होला ! मलाई अहिले ठुलो भएको देखेर आमा कती
गर्व महसुस हुन्थिन कति हास्ते होला आफनो मनका कल्पनाहरु
सुनाउथे होला आमाको काखमा दुई हात खुट्टा उठाई रमाई रहेको वेला आशु झर्दै
रमाई रमाई दु:खको कुरा सुनाउथिन होला !
सिङ्ली गाउका आमा बर्षा मास भिजेको लुङ्गी चोली भएको कोख
म सुतेको औलाहरु चुसी तातो घामले पोल्ला भनी आफ्नै छहारी
वनाएर रमाई दिएको हुन्थे होला ! है आमा
म ठुलो भए आज आमाको माया चहिएको छ तर आफ्नै
जन्म भुमिमा खोज्दा खोज्दै आमाको माया जस्तो नपाईदो रहेछ आमा
म रुदै हिंडे असम्भव देखे आमा विनाको यो महान संसार !
कहिले चिसो फुट्फाथमा पनि सुते कहिले प्रचन्ड घाममा पनि सुते
केही गर्न सकिन ? आमा भए सुख दु:ख वाडिदिन्थे है !
अव म कर्म खोज्दै जादैछु जन्म भुमी छाडी दोहा कतार !
आमा आशिर्वाद दिनु ल ! आफ्नै छोरालाई तिम्रो आशिर्वाद
लिए आकाशमा उड्दै छु आमा तिम्रो नाम जप्दै छु आज मरु
भुमी प्रस्थान भई सकेको छु आमा मलाई कसैले लिन आउछु भनेको
छ ! तर त्यो मान्छे सेतो कपडा लगाएको रहेछ ! सिसै सिसा भएको
घर चिसो कोठामा त्यो रात वित्यो उज्यालो हुने वित्तिकै ढोका ढक ढकाउन थाल्यो त्यो
सेतो लुगा लगाएको मान्छे ! राम्रो गाडी घर वाहिर निस्कने ढोका मा
राखेको रहेछ ! मलाई लाटो झै ईशारा गरी गाडीमा वस भन्यो
म वसे कतै घर नभएको कतै डाडा काडा नभएको चारैतीर मरु
भुमी उडेको वस्ती मा मलाई अोराली दियो ! त्यो मान्छेले ! फेरी एक पटक
सम्झे मेरी आमालाई न वास, न कपास शास फेर्न पनि गाह्रो भो !
एक टुक्रा खवुस ( रोटी ) पनि निल्न गाह्रो भयो रुखको बोक्रा जस्तै खवुस ( रोटी )
सकी नसकी चपाए आमा पानी पनि पिउन पाएन कस्तो पापी ठाउँ रहेछ आमा तातो
हावा अनुहार नै पोल्ने मरेको मान्छे झै अनुहार छोपी हिंड्नु
पर्छ यो मरुभुमी मा मान्छे विश खाएको झै पुक्लुक्क ढल्दो रहेछ
म रोए ! तिम्रो कोखवाट मा जन्म लिएको हुँ सवै गाउलेलाई थाहा
छ ! यो अवस्थामा जनावरको रुप लिइ हिंड्न वाध्य छु !
संसारको वोझ म माथी किन ? तिमी लाई यो अवस्था आउछ
भन्ने थाहा थिएन र ?
दुधको पनि केही त अर्थ होला नी त्येसैको पनि केही ईज्जत
पक्कै होला ! आमा मरुभुमि देखी तिमी लाई सम्झे मेरो मुटु फुट्ने गरी रोए
१०/१५ हजारको लोभले सयौ मनिसले ज्यान गुमाउदो रहेछ आमा
पानी खान नपाएको हुनाले धेरै नेपालीहरुले ज्यान गुमाएको
पाए आमा म तातो वालुवा गर्मीमा सुती रहेको छु !
त्यो पापी स्वर्थ जनावरलाई झै ब्यावहाँर गर्नेहरु
ले मेरो ज्यान लिन खोजेको छ ! तिर्खा मेटन रमाई रमाई
वालुवा खाडी छडी आउँदै छु ! फुल माला वोकी गौतम वुध्द
लाई चढाउने छु ! है आमा... ! आमा फुटफाथ लाई पो
के दु:ख छ र यहाँ त नमनिस न पानी एक्लै वालुवा मा
हड्डी र छाला मात्र भएर वाचेको छु कहिले वेहोश हुन्छु !
कसैले पनि देखने र सोध्ने परै जाअोस कसैले साथ दिए
पनि उठेर हिड्थे जस्तो लाग्छ ! आमा तिमीलाई झलस्स सम्झिन्छु
आँखावाट आसु टप, टप, चुहिन्छ ! माया दिने कोही छैन तातो
हावाको झोकमा मधुरो छन्कारहरु सुन्छु अनि कोशीस गर्छु
वालुवाले कान मुख भरीएको हुन्छ ! तर यस पालीको दशै
तिहार सम्म पनि वाच्न गाह्रो छ ! सासै फेर्न सकिएन
आमा सास रोकियो म छट्पटी दा
पापी संसार मान्छेले मान्छेको जिवन लिएर बाँच्न दिएन
अनी सास छडी दिए छडी दिए... !!!
**********************
सन्ता तामाङ
ई – nepalsanta@gmail.com