अनुप बाबु श्रेष्ठ
गोरखा कार्तिक २
गोरखा कार्तिक २
गोरखा जिल्लाको बुंकोट गाविस स्थित शहिद स्मृती उच्च माध्यमिक विद्यालयको ५३ औ बार्षिकोत्सव एवं अभिभावक समारोह आज विविध कार्यक्रमका साथमा सम्पन्न भएको छ । अस्ती देखी शुरु भएको कार्यक्रम अन्र्तगत आज विभिन्न खेलकुद प्रतियोगिता तथा पढाईमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालय व्यस्थापन समितीका अध्यक्ष गणेश बावु लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य बावुराम ढकालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य दिलबहादुर केसी, ईन्दिरा तिवारी, शिक्षक अभिभावक संघका सदस्य शेर बहादुर विक, भूतपुर्व विद्यालय ब्यवश्थापन समिती अध्यक्ष पुर्णजङ्ग भण्डारी, अभिभावक कोमल प्रसाद भट्ट, विद्यार्थी सुनिता श्रेष्ठ, दिनेश श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।