तनहुँ खबर संवाददाता
तनहुँ डुम्रे,
कार्तिक १४ -धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका बस्तु तथा स्थानीय स्तरमा उत्पादित बस्तुको प्रवद्र्धन, पर्यटकीय स्थलको प्रचार प्रसारका लागि तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाईले प्रथम डुम्रे महोत्सव आयोजना गर्ने भएको छ ।
आगामी माघ १३ देखि २२ गते सम्म महोत्सव संचालन गर्ने आयोजकले जनाएको छ । महोत्सव संचालनका लागि २०५ सदस्यीय मुल समारोह समिति र ३० उपसमिति समेत गठन गरिएको प्रचारप्रसार समितिका संयोजक शिवकुमार श्रेष्ठले बताए । महोत्सवमा आम्दानी भएको रकम कार्यालयको भवन निर्माणमा खर्च गरिने इकाईका सचिव सन्तोष अधिकारीले बताए ।