Responsive Ad Slot

latest

कुरा म्हा पूजा अनि नेपाल संवतको

Thursday, October 27

/ by Admin BHOLA THAPA


सागर श्रेष्ठ
म्हापूजा सायद कतिपय पाठक वर्गलाई थाहा नहुन सक्छ म्हपूजा के हो ? र यसको वास्तवीक अर्थ के हो ? म्हा आर्थात स्वयम, ज्यान शरिर, आत्मा भन्ने अर्थ जनाउछ । यो नेवारी परम्परा अनि नेवारी शब्द भएको हुदा अलि अल्मलिएर यसको खासै जनमानसमा प्रचार प्रसार हुन नसकेको अवस्था छ । यो हाम्रो दोस्रो राष्ट्रिय पर्व तिहार यम पञ्चको चौथो दिनमा मनाइने गरिन्छ । यसको पनि आपm्नै छुट्टै विशेषता अनि महत्व रहेको छ । वास्तवमा यो यौटा सुरुवात विन्दु हो जहा वाट सुरु हुन्छ सवै अर्थात आत्मालाई केन्द्रविन्दु मानेर आफ्नो तन मन अनि वचन को शुद्दिकरण हो । आफैले आफैलाई गरिने पूजा हो नया दिनको लागि सुरुवातको तयारी हो ।


नेवारहरुको कुनै सम्पती पेवा हैन यो जो कोहिले मनाउन सकिन्छ हामी पाश्चात्य सस्कृतीलाई भलै नराम्रा हुन् उसको अनुशरण गर्न हिच्किचाउदैनौ र सोच्न पनि सोच्दैनौ चाहदैनौ मजाले राता रात पैसाको खोलो वगाएर विदेशी हुस्कीमा चुस्कदै रमाउछौ मनाउछौ र सभ्य भन्छौ । हाम्रो रहन सहन हाइसोसाइटी यस्तै छ देखासिकीको हाम्रो संस्कार तर हामी जुन हाम्रो मौलिक परम्परा छ त्यसलाई सिक्न र साटासाट गर्न हजार पल्ट सोच्छौ, डराउछौ कुनै पनि वर्गको किन नहोस् यदि राम्रो कुरा छ भने हामीले साटासाट गर्दा अपमाननित हुनुपर्दैन वरु सम्मानका साथ मनाउन अनुसरण गर्न सक्छौ । किन आज टोल टोलमा समूह वद्ध म्हा पूजा गर्न नसकिएको अवस्था छ यदाकदा काठमाण्डौमा अरु जात वर्गकाले पनि मनाएको सुन्नमा आएको छ तर यसमा नेवार समुदायले पनि मन फुकाएर सिकाउनु प–यो आपm्नै भनेर पोको पारेर वस्न भएन साटा साट गर्न सक्नु प–यो । यो अझ नेवार समुदायमा पनि कसैकसैलाई यो के हो ? यसको औचित्य थाहा नभएको नितान्त दुखद पुर्ण अवस्था छ ।


नेवारी सस्कृती परम्परा अत्यन्तै धनी छ तर यो ज्यादै सिमित भएको महशुस गर्न सकिन्छ यसमा कुनै परम्पराको परिमार्जन पनि गर्नु पर्ने हुन्छ सधै ढिपीलीएर मात्र उहि अनुशरण गर्नु पर्छ भन्ने छैन सभ्यतरिकाले अझै व्यवस्थित गरी लान सकिन्छ ।

यसमा विशेषत अरु देवताको खासै पूजा आराधाना गरिन्न । कलश स्थापना आ आप्फनो अगाडि विभिन्न आकारमा कोष्ठहरु स्वस्तीक चिन्ह वनाइन्छ चामलको पिठोको रेखीले । अनि सारा सगुनहरु किजापूजा अर्थात भाई पूजा जस्तै हुन्छ र विधि पूजा सरदमहरु पनि त्यस्तै नै हुन्छ फूल, फुल,लावा– ट्या, जजंकोखा (१२ पोया कपासको धागो जनै जस्तै जहा सुद्द विशेषत मखमलीको कपढामा १२ वटा चामल राखेर वाधिएको हुन्छ) इता धुप, वत्ती, विमिरा – तसी मिठाईहरु अनि नेवारी परिकार सवैलाई थाहा छदैछ दिपहरु–इताहरु त्यही स्वस्तीक चिन्हमा पूजा गर्दै त्यही फुलहरु जसलाई धुजा धुजा पारेर राखिएको हुन्छ लावा मिसाएर त्यसैमाथी इता राखेर प्रज्वलित गरेर पूजाको थालनी हुन्छ शिरमाथी फुलको वर्षा हुन्छ धेरै फूलभए पाथी नत्र मानाले या कुनै भाडाले भरी हाल्ने चलन छ र त्यही दिपवलिरहेको अवस्थालाई साइतमानेर पुजा परिवारका जेष्ठ महिलाले गर्ने चलन छ ।

यसमा पूजा गर्दा ढोग्ने सैली शरिरका विभिन्न हिस्साहरु मुलत टाउको, कुम अनि घुडालाई ढोग्ने चलन छ र सगुन लिदा दिदा पनि हातलाई तलमाथी राखी दाहिने पारेर लिने चलन छ । प्राय साझमानै पुजा गर्ने समय उचित रहन्छ सायद दिपहरुको भुमीकालाई हेर्दा पनि साझ – राती नै उत्तम समय देखिन्छ । सारै रमाईलो लामवद्द एउटै पंतीमा वसेर पालैपालो पूजा गरिन्छ ।


यसै दिनमा फेरी सम्राट अशोकले पनि वौध धर्म अपनाएको हुदा अशोक विजयादशमीका रुपमा पनि यसदिनलाई मनाउने चलन पनि पाइएको देखिन्छ त्यस्तै अव कुरा नेपाल संवतको नेपाल संवत पनि आजै सुरु हुन्छ नया साल अहिले आज १२३१ शुरु भएको छ जुन शंखधर साख्वा नेपालका विभुतीहरुमा एक हुन् र नेपाल संवतका प्रर्वतक पनि चन्द्र शम्शेरले वि स १९६० मा नेपाल संवत हटाई विक्रम संवतको थालनी गरेका थिए जसले गर्दा नेपाल संवत ओजेलमा परेको ठहर गर्न सकिन्छ । यो संवत मात्र पात्रहरुका कोष्ठमा दोस्रो दर्जामा काठमाण्डौलाई याहाको संस्कृतीलाई आधार मानेर वनाइएको छ र कतिपय पूजा आजा यहि संवतलाई हेरी गर्ने गरीएको पाइन्छ आजकाल फेरी राष्टियकरणको नारा अनि मुल सरकारी क्यालेन्डरनै यसलाई मान्नुपर्ने कुराहरु नआएकोहाइन तर जरा गाडेपछि उखाल्न गारो हुन्छ । यस्तो आफ्नो मौलीक संवत भएर पनि अरुको संवत किन सापटी लिनु पयो यो सोचनिय छ र नेपाल संवतलाई मान्न वनाउन कोही लागिपरेका र कोहि वन्न नदिने होडमा राजनिती नै वनेको छ । जेहोस् तर आफ्नो राष्ट राष्टियता भन्दै पहिचान वनाउनेलेनै राजनिती गर्न थाले पछि जनता भेडाभई पछि पछि लागे पछि आपनै सम्पती धर्म संस्कृतीको पनि लोप हुदै जान्छ र हुन्छ ।

श्याम्घा ६ ,तनहुँ
हाल अल्खोर कतार

Don't Miss
© all rights reserved
made with by netKUTI