Responsive Ad Slot

latest

पोखराको चरक अस्पतालमा आज मृतकको आफन्त र प्रशासनबीच वार्ता हुने ।।

Thursday, October 13

/ by Admin BHOLA THAPA

घनश्याम पाण्डेय,
असोज २६ गते पोखरा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले पोखराको चरक अस्पतालमा हिजो दिनभर विरोध प्रर्दशन गरेपछि आज प्रशासनसँग वार्ता हुने भएको छ । सामान्य बिरामी भएर उपचारको लागि मङ्गलबार अस्पताल भर्ना गरिनुभएकी पोखरा उपमहानगरपालिका ७ घारी पाटन बस्ने २२ वर्षिय गंगाकुमारी बोहोराको उपचारको क्रममा ज्यान गएपछि बिरामीका आफन्तहरुले क्षतिपुर्तिको माग गदै अस्पतालमा विरोध प्रदर्शन गरेका हुन् ।
बिरामीका आफन्तले चिकित्सकले गलत इन्जेक्सन दिएकोले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले क्षतिपूर्ति नमिलेसम्म शव नउठाउने अडान राखेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI