देबघाट कात्तिक २
तनहुको देबघाटमा कात्तिक ३ र ४ गते दुई दिने निशुल्क दन्त शिबिर संचालन हुने भएको छ । नेदरल्याण्ड ओरल हेल्थ सोसाईटीको प्रबिधिक सहयोगमा सामुदायिक सेबा केन्द्रले सो सिबिर आयो जना गरेको हो ।सिबिरमा दात सम्बिन्ध सम्पूर्ण रोगको उपचार गरीने पनि बताईएको छ ।भोली बिहान देबघाटको बज्रयोगीनि मा बि मा बिद्यालय स्वास्थ कार्यक्रम हुने र सोही बिद्यालयमा सो सिबिर सुरु गरीने पनि आयो जकले जानकारी दिएको छ ।सो सिबिरको स्थानिय सहयोगीहरुमा प्रगतीशिल आमा समुह,मणिमुकुन्देश्वर चक्रबर्ती आश्रम,बज्रयोगीनि मा बि देबघाट तनहु रहेका छन् भने अन्य सहयोगीमा धादिङ्ग सम्पर्क मञ्च चितबन र संचार सहयोगीमा रेडियो देबघाट १०२.६ मेघाहर्ज रहेको छ ।