कमल खत्री,
म्याग्दी असोज २८ गते बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी साधन चेकजाँचलाई कडाई बनाएको छ । चाडपर्वको समयमा हुने विभिन्न आपराधिक घटना तथा सवारी साधन चालकहरुको यात्रुहरु प्रतिको व्यवहार र मादक पदार्थ सेवन गरे –नगरेको बारेमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । चाडपर्वको अवसरमा चालकहरुले बढि भाडा असुल्ने ,चालक तथा सहचालकहरुले यात्रुहरुलाई अपशब्द प्रयोग गर्ने ,सवारी साधनमा क्षमता भन्दा धेरै यात्रुहरु राख्ने ,मदिरा सेवन गरी सवारी साधन चलाउने लगायतका जनगुनासाहरु आउन थालेपछी जिल्ला ट्राफिक प्रहरीले चेकजाँचलाई तिव्रता दिएको प्रहरी सहायक निरिक्षक राम वहादुर केसीले बताउनुभयो ।