Responsive Ad Slot

latest

यसरी बित्दैछ कलाकारको दशैं

Tuesday, October 4

/ by Admin BHOLA THAPA
नन्दिता केसी -नायिका

चर्तुदशीको दिन म अर्घाखाँची जान्छु । दशैं पर्व एकदमै रमाइलो लाग्छ । परिवारसँग भेट हुने, अनि एकैठाउँमा भेट भएर रमाइलो गर्न पनि पाइने भएकाले यो पर्व मलाई विशेष लाग्छ । मलाई परिवारसँग बसेर तास खेल्न एकदमै रमाइलो लाग्छ । यो पटक पनि ५ हजार भन्दा वढीको तास खेल्ने योजना बनाएकी छु । गतवर्ष त तास खेलेर १२ हजार जितेको थिएँ, यसपटक पनि परिवारका सबैलाई जित्न पाए कत्ति आनन्द आउने थियो ।

घरमा खसी काटिन्छ, यसैले पनि म मासु खुव खान्छु । दशैं भन्ने वित्तिकै मलाई बाल्यकालको याद आउँछ । बच्चाको समयमा नयाँ लुगा लगाएर टिका लगाउन टाढा-टाढासम्म जान्थ्यौं । अनि, कसले कत्ति पैसा दियो भनेर गन्न खुवै मजा आउँथ्यो । आफूले लाएको नयाँ लुगा अरुलाई देखाएर हिडेको त्यो क्षण आज पनि उत्तिकै याद आउँछ । दशै पर्व नमनाए के हुन्छ भन्नु भन्दा पनि यो एउटा परम्परादेखि चल्दै आएको पर्व भएकाले मनाउनुपर्छ जस्तो लाग्छ । विजयादशमीको अवसरमा म देशमा र विदेशमा रहनु भएका सवै नेपालीहरुलाई शुभकामना दिन्छु ।

निरज बराल -नायक
दशैं सुरु हुनु केही दिन अघि नै झापा आइपुगेको छु । घरमा एकदमै रमाइलो भईरहेको छ । यो वर्षको दशैं त झन मेरा लागि विशेष हुँदैछ । अमेरिकाबाट ४ वर्षपछि दाईहरु आउँदै हुनुहुन्छ । यसैले पनि सबै परिवारको जमघट हुने भएकाले यसवर्षको दशंै मेरा लागि विशेष हुँदैछ । तास खेल्न पनि म माहिर नै छु, घरपरिवारसँग बसेर तास खेल्दा खुवै रमाइलो हुन्छ । तासमा ५ हजार जति खर्च गर्ने योजना छ यो पटक । टिका लगाउनका लागि घर हुँदै विराटनगरसम्म पुगिन्छ । अनि पुणिर्मासम्म त टिका लगाउँदै काठमाडौं नै आईपुग्छु म । सानो वेलामा नयाँ लुगा किनेर सवैलाई देखाउँदै हिडेको क्षण आज पनि ताजै लाग्छ । दशैंमा सबैसँग भेटघाट हुने भएकाले रमाइलो लाग्छ ।
निता ढुङ्गाना -नायीका

म फुलपातीको दिन आफ्नो घर हेटौंडा जान्छु । यसपटकको दशैं भव्य रुपमा मनाउने योजना छ । परिवारसँग वसेर मासु खादै तास खेल्दै दशैं मनाउने योजना छ मेरो । दशैं एकदमै रमाइलोसँग मनाउने मुड छ । अहिलेसम्म परिवारका सबैलाई कपडा किनिदिएँ, अब आफ्नो लागि मात्र कपडा किन्न बाँकी छ । म तास पनि धेरै खेल्छु । तास खेल्नुको मुख्य कारण म यो खेलमा कहिले पनि हार्दिन । कहिले काँही त नायिका पेशा छोडेर व्यवसायिक रुपमै तास खेल्ने खेलाडी वनु जस्तो लाग्छ । गतवर्षको दशैंमा मैले तास खेलेर ९ हजार जितेको थिएँ । मासु त म प्रशस्त खान्छु, यो दशैंमा करिव ७ किलो जति मासु एक्लै खाने योजना छ । दशैंमा घर जाने भएकाले मलाई काठमाडौंमा रहनुभएका साथीहरुको खुब याद आउँछ, उहाँहरुलाई मिस गर्छु । दशैंमा घरपरिवारसँगै चलचित्र क्षेत्रका साथीहरुसँग वसेर मनाउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ ।

ऋचा सिं ठकुरी -नायिका

विरामी भएकाले आफ्नो घर चितवन जान्छु कि यही नै वस्छु अहिलेसम्म तय गर्न सकेको छैन । मैले अभिनय गरेको चलचित्र ‘म तिम्रो भैसकेँ’ प्रदर्शन हुन्छ भनिएको थियो, तर अन्तिममा आएर नहुने भएकाले प्रचारप्रसारमा हिड्नु परेन । दशैंमा म तासको निकै क्रेजी छु । खुवै तास खेल्न मन लाग्छ । मासु म कत्ति खान्छु, यो कुरा सुन्दा तपाईलाई पनि हाँसो लाग्छ होला, एक पाउ मासु ल्यायो भने दुई छाक हु्न्छ, यसैले दशैंमा म धेरै मासु खान्न । दशैंमा मलाई तास खेल्ने कुरा खुवै याद आउँछ अनि दशैं आएपछि म मेरो ड्याडीलाई खुवै सम्झन्छु । दशैंमा पिङ खेल्न पनि रमाइलो लाग्छ, तर सुटिङले गर्दा पिङ खेल्न पाइरहेको छैन ।

जिया के.सी -नायिका

मामलाको हजुरबा वित्नु भएकाले यस वर्षको दशैमा टिका लगाउँदिन । आफ्नो घर झापा नजाने भइयो । यसैले, यसपटकको दशैं खानपिन र तासमा बित्छ । चलचित्रको छायांकनमा रहेकाले पनि खासै धेरै यो पर्वको वारेमा सोच्न भ्याएको छैन । खसीको मासुले एलर्जी हुने भएकाले कुखुराको मासु मात्र खान्छु । यसपटकको दशैं त्यस्तो विशेष केही हुँदैन मेरो । दशैं भन्ने वित्तिकै मलाई वाल्यकालको बढी याद आउँछ । सानोमा नयाँ लुगा किनेर सबैलाई देखाउँदै हिड्दाको रमाइलो नै अर्को थियो । तर, अहिले त नायिका पनि भएकाले नयाँ लुगा प्राय संधै जसो नै किनिन्छ, यसकारण नयाँ लुगाको क्रेज खासै हँुदोरहेनछ । दशैंमा टिका नलगाउने हो भने मलाई लाग्छ यो पर्व नै खल्लो हुन्छ होला । किनकी, सबैले लगाउँदा आफूले मात्र निधार खाली राख्नु नमज्जा हुन्छ ।

गरिमा पन्त -नायका

म आफ्नो घर तनहुँमा पुगिसकेँ । यसपटक मेरो टिका लगाउनु हुँदैन, भर्खर-भर्खर मात्र हाम्रो परिवारमा एउटा दुखद घटना घटेकाले म अझै पनि खासै खुल्न सकेको छैन । मासु खाने नखाने भन्ने पनि त्यस्तो सोचेका छैनौं हामीले । दशैंमा मलाई टिकाको भन्दा पनि जमराको महत्व बढी लाग्छ । टिका त हामी वर्षको कुनै पनि वेला लगाउन सक्छौ, तर जमरा लगाउने भनेको दशैंमा मात्र हो । अब नयाँ कपडा किन्ने, मिठो खाने भन्ने हुन्छ दशैंमा । तर, अहिले त मिठो खान र नयाँ कपडा लगाउन दशैं नै कुर्नुपर्छ जस्तो लाग्दैन । दशैंमा मलाई सवैभन्दा वढी याद आउने भनेको ७ वर्ष अगाडि मेरो जिन्दगीमा घटेको एक घटना छ । टिका लगाएर म दिदीहरुसँग नजिकै रहेको रोटे पिङ खेल्न गएको थिएँ । यो समयमा मेरा कपाल रोटे पिङमा अल्भिmयो । म कराएँ, चिच्चाएँ, अनि पिङलाई फेरि उल्टो घुमाएर मेरो कपाल निकालियो । त्यो समयमा मेरो कपाल धेरै झरेको थियो । केही समय ढिला भएको भए मेरो टाउको पनि पिङमा पथ्र्यो । अहिले पिङ देख्यो भने ७ वर्षअगाडि घटेको त्यो घटना मेरो मानसपटलमा आइहाल्छ ।
सुष्मा कार्की -नायिका

यस पटकको मेरो दशैं काठमाडौंमा नै वित्छ । टिकाको दिनमा विहान उठेर सवैभन्दा पहिला हजुरबुबाको हातबाट टिका लगाउँछु । त्यसपछि, विभिन्न ठाउँमा रहनु भएका मान्यजनहरुबाट टिका लगाउन जान्छु । दशैं भएपनि मलाई माछा मासु र तासमा त्यति धेरै रुची छैन । तासमा जुतपत्ति मात्र खेल्न आउँछ, तर त्यति खेल्दिन । मलाई दशैंमा त्यस्तो केही कुराको पनि याद आउँदैन । म संधै नै विन्दास खालको युवती भएकाले म हरेक कुरालाई रमाइलोसँग विताउन चाहान्छु र यो दशैं पनि मेरो लागि यस्तै नै हुन्छ । दशैंको वेलामा काठमाडौंको वाटो खाली हुने भएकाले मलाई घुम्न एकदमै रमाइलो लाग्छ । दशैंमा चङ्गा उडाउन मन लाग्छ । यसैले यसपटक पनि चङ्गा उडाउने रहर छ । घरको कौसीमा गएर चङ्गा उडाएर अरुको चङ्गा काट्न खुवै मज्जा आउँछ ।

                                   खसीको डोरी समाउन पाइएन


उनको ध्यान टीकामा होइन, दक्षिणामा पथ्र्यो । दाम कति पाइन्छ भनेर उनी ढुकेर बस्थिन्, आफूले सोचेभन्दा कम पाइयो भने यति नै चाहियो भनेर झगडा गर्न पछि पर्दैनथिन्, नायिका झरना थापा सम्झन्छिन्, ‘सानो छँदा दसैँमा दक्षिणा जम्मा गर्न सबै आफन्तको घरमा पुगिन्थ्यो । बढी पैसा कमाउने प्रतिस्पर्धा नै चल्थ्यो ।’ दक्षिणा आफू र बैनीलाई कम र भाइलाई धेरै दक्षिणा दिँदा उनले आमासँग गरेको झगडा अझै ताजै छ । नयाँ लुगा लगाउन मन पराउने झरनालाई सानोमा खानेकुराप्रति खासै रुचि थिएन तर घरमा बोका काटेको हेर्न छुटाउँदैनथिन् उनी । घरमा मात्र होइन कुन घरमा कति खसी बोका काटियो उनलाई कण्ठस्थ हुन्थ्यो । काट्ने रहर त भएन, डोरी समात्ने इच्छा चाहिँ थियो तर छोरी मान्छेले त्यस्तो कहाँ गर्न पाइन्थ्यो र ! उनी थप्छिन्, सानोमा जुवातासको लतमा भने लागिएन । मासुको खासै सौखिन नभए पनि उनलाई कबाफलगायतका मासुको परिकार बनाउन आउँछ । युवा अवस्थामै बिहे भएपछि समयले उनलाई ‘म्याचुअर्ड’ बनायो । बिहे भएपछि नयाँ घरमा जाँदा बिहान बे्रकफास्टमा मासुको परिकार देख्दा उनी सुरुमा अचम्ममा परिन्, पछि त बानी नै पर्‍यो । अहिले पनि दसैँमा घरमा नै खसी काटिन्छ, उनी सुनाउँछिन्,’ परिवारसँग बस्यो, रमाइलो गर्‍यो, तास खेल्यो र अलि अलि डि्रङ्स पनि लियो ।’ सपिङ मात्र गर्ने होइन दसैँका लागि घरका सदस्यलाई खर्च पनि दिन्छिन् उनी । पहिरनप्रति पहिलेजस्तो सौख त रहेन तर पनि किन्ने काम त गर्नै पर्‍यो । दसैँका लागि बजेट नछुट्याएकी उनका सबै दसैँ नेपालमा नै परिवारसँग बितेका छन् ।

-प्रस्तुतीः बिजय आवाज (अनलाइन खबर)
Don't Miss
© all rights reserved
made with by netKUTI