नयाँ दिल्ली
असोज २३ - गजल सम्राट जगजीत सिंहको ७० वर्षको उमेरमा निधन भएको छ। आज बिहान ८ बजे मुम्बइको लिलाबती अस्पतालमा उनको निधन भएको हो। ब्रेन ह्यामरेज भएपछि तीन सातादेखि उनी उपचाररत थिए। जगजीत सिंह र चित्रा सिंहको जोडीको स्वरले हिन्दी गजल गायनलाई नै नयाँ युगमा प्रवेश गराएको मानिन्छ। दुई दर्जन बढी गजल एब्लम निकालेका सिंहका 'होटोसेँ छु लो तु मेरो गीत अमर करदो..., 'उस मोड से सुरु करे फिर ये जिन्दगी' सहितका दर्जनौं गजलहरु लोकप्रिय छन्। जगजीतले नेपाली गजल समेत गाएका छन्।
नागरिक न्युज डटकम