Responsive Ad Slot

latest

कसरी मनाउदैछन त प्रावसी नेपाली ले तिहार

Thursday, October 27

/ by Admin BHOLA THAPA
तिहार नेपालीहरुको दाश्रो महान पर्व हो । तिहार भन्ने वित्तीकै हाम्रो मानसपटलमा एउटा लहर चल्छ, खुशीको सुनामीनै आउछ घर परिवार साथीसंगीको जम्काभेट दाजु भाई दिदी वैनीको प्रेम । यस पर्वमा मुख्यत हामी यम पञ्चको पहिलो दिन काग पूजा, दोश्रो दिन कुकुर पूजा, तेश्रो दिन धन कि देवी माता लक्षमीको विशेष पूजा आरधाना, चौथो दिन गोर्वधन पूजा, म्ह पुजा, नेपाल सम्वत र अन्तमा पाचौ दिन भाई टिका हुन्छ र पाचै दिनको आपm्नै विशेष महत्व छ , चेलीको माया, आशिरवात, सद्भाव अटुट संवन्धको छुट्टै आत्मिय पाटो छदैछ अर्को पक्ष मानव जातीले मनले खाएका र मानव जिवन व्यतित गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा टेवापुयाउने पशु पंक्षीहरुलाई पनि विभिन्न प्रतिकात्मकरुपमा पुजा आराधानाका साथ भव्यरुपमा मनाइने हुदा यसको छुटै महत्व छ ।

यो त भयो आपm्ने माटोमा हुदाको कुरा तर यहां विडम्मबना हामी प्रवासीको छ । उहि साथीभाई सगै भैलो धेउसी खेल्र्दै सप्तरंगी टिका निधारमा लगाएर ए भन भन भाई हो भन्दै हिड्दै डुल्न त मन लाग्छ तर के गर्ने प्रदेशीको भागमा यी सबै नलेखिएको हुदोरहेछ तर विवश छौ हामी आफ्नो संस्कृतीलाई माया ममता अनि जर्गेना गर्नु हाम्रो दायित्व हो र हामीनै हाम्रा सन्ततीका वाहक हौ त्यसैले ज्ँेजसरी हुन्छ रामो्र सभ्य भएर प्रवासमा भए पनि हासी खुसी यो माहन् पर्व मनाउने चेष्टा गरौ हाम्रो छुट्ै पहिचान बनाउने कोशिस गरौ प्रस्तुत छ याहां प्रवासमा रहनुभएका मित्रहरुले यो तिहार कसरी मनाउदै हुनुहुन्छ र मनाउने सोचमा हुनुहुन्छ सो वारेमा गरिएको भलाकुसारी ः






श्यामकुमार ग्लान तामाङ
प्रवासको तिहार जती सुकै रमाइलो गर्न खोजे पनि खल्लो नै अनुभब भईरहेको छ । साथीभाइ जम्मा भएर रमाइलो गर्ने, भाईटिकाको दिन दिदीलाई फोन गरेर शुभकामना दिने । अनी गैर अवासिय नेपाली तारा २ को अन्तिम चरण प्रतिस्पर्धात्मक कार्यक्रम हेर्न जाने साथै प्रवासी चेलीहरुको निमन्त्रणालाई पनि स्विकर गरी बेलुका तिर कोर्निस पार्क तिर जने योजना छ । यसै गरी बित्ला जस्तो यसपालीको तिहार ।
मझुवा, सिन्धुली
हाल स् सी सी आइ सी कम्पनी
दोहा, कतार

सरु तामाङ
प्रवासमा चाडवाड आउँदा निरास छु । भाईटिका नजिकीदै गर्दा दाजुभाईलाई धेरै मिस गरेको छु । मेरो ४ दाजुभाई छन । दाजुभँईलाई टिका नलगाएको पनि ५ वर्ष भयो । टिकाको दिन दाजुभँईलाई फोन गर्छु र फोनबाटै टिका लगाइदिन्छु । यहाँ पनि पहिले क्याम्पमा नै मनाउथेउ गत वर्ष कर्नेसमा दाजुभाई भेला गराएर मनायौं । यो वर्ष चाही दिदी गोमा लामाले छुटै निम्तो दिनुभएको छ । अहिल्य को तिहार पहिला भन्दा केही फरक हुने अपेक्षा गरेको छु । तिहारमा दिदीले मलाई सरप्राइज दिदै हुनु हुन्छ त्यसैले पनि मलाई यो तिहार विशेष लागेको छ ।

काभ्रे नेपाल
हाल दोहा कतार
राजु थापा
प्रवासी जिवन यस्तै हो न दशै न तिहार फेरी पनि यस साल मलाई अन्त्यन्दै खुःसी लागेको छ मेरो प्यारो भाईले मलाई पार्टिको लागी इन्भेट गरेको ले म भाई सगँ नै तिहार मनाउने छु अन्य कुरा प्रावास दिदी बैनी चिनेको त छैन फेरी पनि सबै दिदी बैनीलाई शुभ कामना भन्न चाहान्छु दिन्छु , मेरो प्यारी बैनी लाई टिका को फोन मार्फत सम्झन्छु किनाकी मेरो बैनी को देबर को स्वार्गवास भएकाले यो साल टिका लगाउना नमिन्ने भएकोले घर जाना रद्ध गरेको हुँ जे होस रमाइलो नै वित्ला जस्तो मलाई लाग्छ ।

बसन्तपुर ३ तनहँु
हाल मरुभुमी अल्खोर

काजि राम राउत
जिवनमा सधै दुःखको महासुस मात्र किना हुन्छ यो हाम्रो दशै पछिको दोस्रो विषेश चाड तिहार (दिपावली) मा म साथीहरु सगँ रम्ने र खाई पिइ गर्ने अनी दोहा मा प्रोग्रम हेर्ने विचार गरेको छु र टिकाको दिन घरमा फोन गर्ने अनी सबैलाई सम्झने छु र दोहामा दिदी बैनी ले पनि बोलाइको ले सायद जान पनि सक्छु होला किनाकी यो प्रवासमा डिउटिको पनि ब्यस्ताता हुन्छ जे होस रमाइलो सगँ वित्ने छ जस्तो मलाई लाग्छ ।
लम्जुङ नेपाल
हाल
दोहा कतार
भरत राना भाट

खुसी पनि छु नरमइलो पनि लागको छ तर प्रावासमा बसैको ३ साल भयो पहिलाको भन्दा भिन्दै किसीमको तिहार मनाउने कोसीसमा छ तर प्रावासमा आएपछि सबै भन्दा समयाको अभाव ले गर्दा अल्ली खल्लो लागेको छ र तनहँु मा दिदी हुनु हुन्छ म फोन मार्फत उहाको हात बाट टिका र आर्शिरवाद माग्ने छु र खास डिउटी ले गर्दा अल्ली मुस्कील भएकोले दोहा घुम्ना जाने पलान चाई अल्ली भएना जे होस साथी भाई सगँ खु सी साथ मनाइने सोच मा छु ।
भरतपुर १० चिनवन
हाल दोहा कतार



प्रावासमा छु  तै पनि मलाई पहिले भन्दा धेरै रमाईलो र खुशि लागी रहेको छ । किन भने यसपालि बिदाको दिन भाई टिका भएको हुनले र यस पलि मेरो बाहिनीहरु यहाँ नै छन् । बिकतका दिनमा पनि मलाई त्यति निरास त खसै भएको थिएन टिक लगउन नपए पनि मलाई आफ्नो प्रण भन्दा धेरै माया गर्ने दिदीहरु छन् बिदाको दिनमा हामी दिदी भाई बाहिनीहरु मिली धेरै रमाईलो गर्थे झन यस पलि त मैले १२ बर्षा पछि बल्ला बाहिनीको हातबाट टिक लगउन पएकोले अति खुशि छु । निरास छु त गाँउमा भएका बुबा मुमा दिदी र बाहिनीहरुलाई धेरै मिस गरेको छु । सबैलाई फोन गर्ने सोच बनाएको छु । लक्ष्मीको दिन औसी देखी आफ्नै क्याप देउसी भैइलो खेलेर रमाईलो गर्दै छु र टिकाको दिन बिहाना देखि नै बाहिनीहरु र साथीहरुलाई बोलएर दोहाको रमणीय ठाउँ कर्नेसमा बसेर मनाउने बिचार गरेको छु ।
अन्तमा देश बिदेशमा रहेनु भएका तमम् नेपाली दाजुभाई तथा दिदी,बाहिनीहरुमा प्राप्त होस धन सम्पति कुबेर सरि फैलियोस् खुशि सयपत्री र मखमलि फुलसरि उदाओस् भाग्य पुजाको दीप सरि मिलि रहोस् सफलता जिवनका हरेका कदम कदममा २०८६को शुभ दीपावलीको पावन अवसरमा सुख,शान्ति,सुस्वास्थ्य,दीर्घायू ,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
थर्चा लामा
धादिङ्ग
सन्ध्याग्रुप कतार

Don't Miss
© all rights reserved
made with by netKUTI