हेटौँडा,
कात्तिक ६ - मकवानपुर मा जिप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । मकवानपुरको लामिडांडामा तरकारी बोकेको गाडि दुर्घटना हुदां दुई जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परि एक जना गंभिर घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपचालक मकवानपुर आग्रा गाविसका ३० वर्षीय हीराकाजी सिंह र नाम नखुलेका अर्का एक व्यक्ति छन्। राजधानी तर्फ आइरहेको बा २ ख ८३३१ गाडि सडकबाट २ सय मिटर तल खसेको मकवानपुर प्रहरीले बताएको छ ।
घाईते धादिङ किरानचोकका ३३ बर्षिय राजकुमार तामाङको उपचार भैरहेको छ ।
घाईते धादिङ किरानचोकका ३३ बर्षिय राजकुमार तामाङको उपचार भैरहेको छ ।