Responsive Ad Slot

latest

चौरखानीका ४५ घरधुरी उच्च जोखीममा ।।

Thursday, October 20

/ by Admin BHOLA THAPA
कमल खत्री , 
म्याग्दी कार्तिक ३-म्याग्दीको कुईनमँगले –५ चौरखानीमा एकवर्ष अघिदेखि खस्न थालेको पहिरो नियन्त्रणमा आउन नसक्दा त्यहाँका सर्वसाधारण चिन्तीत बनेका छन् । जिल्ला सदरमुकाम बेनीदेखि दुईदिनको पैदलदुरीमा पर्ने गाउँ भन्दा तल गैरीखेतहरु पहिरोले पूर्ण रुपमा बगाएको छ, भने एकै ठाउँमा मिलेर वसेको ४५ घरधुरी पहिरोको उच्च जोखीममा रहेका छन् । निरन्तर पहिरोज खस्न थालेपपछि स्थानीय ओमप्रसाद बुढाथोकी र रामप्रसाद बुढाथोकी, रैमान छन्त्याल र इमलाल छन्त्यालको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । गाउँभन्दा तल पहिरो रहेका कारण बस्ती जोखिममा रहेको स्थानीय बुद्धिजीवि नरमान छन्त्यालले बताउनुभयो । पहिरो नियन्त्रणका लागि गतबर्ष केहि रकम आए पनि त्यसले पूर्णरुपमा नियन्त्रण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । गतबर्ष तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको नेतृत्वमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयले सँयुक्त रुपमा अनुगमन र निरीक्षण गरेको भएपनि त्यसको दीर्घकालीन समाधानका प्रयासहरु हुन सकेको छैन् । भीरालो जमिन, भूप्मिगत पानी र अव्यवस्थित ढलका कारण बस्तीभन्दा तल पहिरो खस्ने क्रम नरोकिएको बताईएको छ । पहिराले विस्तार बस्ती बगाउन थालेपछि त्यहाँका सर्वसाधारण सुरक्षित स्थानको खोजी गदै बेनी, पोखरा र काठमाडौँ बसाईसराइ गर्नेक्रम पनि बढेको छ । यसैबीच, रघुगँगा प्राथामिक विद्यालयको नियमित पठनपाठन प्रभावित भएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI