Responsive Ad Slot

latest

प्रवासी नेपाली पत्रकार सञ्जाल (इएनजेएन) को नयां नेतृत्व चयन

Saturday, October 15

/ by Admin BHOLA THAPA


विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित सम्वर्धन गर्ने र पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ

गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जाल(इएनजेएन) को दुई वर्षका लागि नयां नेतृत्व चयन भएको छ ।
विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा सञ्चार माध्यमलाई प्रवासमा संगठित गर्न नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्ने गरी गत ११ र १२ अक्टुवर २००९, (२०६६ असोज २५ र २६ गते) काठमाडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनद्वारा गठन गरिएको प्रवासी नेपाली पत्रकार सञ्जालले आफ्नो दुई वर्षे कार्यकाल समापन गरी नयां कार्य समिति चयन गरेको हो ।
दुई वर्ष अघि गठन गरिएको उक्त सञ्जालले विभिन्न कार्यक्रमहरु गर्दै आएको र यस पटकको दोश्रो अधिवेशन कारणवस सम्पन्न गर्न नसकेकोले यही १५ अक्टोबर २०११ का दिन गैर आवासीय नेपाली संघको पांचौं विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुको एक बृहत भेला सम्पन्न गरी पत्रकार भुषण घिमिरेको संयोजकत्वमा १९ सदस्यीय नयां कार्य समितिको चयन गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितीका सभापति शिव गाउंले, महासचिव ओम शर्मा, कोषाध्यक्ष शितल शाह तथा सदस्य प्रकाशचन्द्र परियार समेतको उपस्थितिमा सम्पन्न उक्त भेलालाई सम्बोधन गर्दै सभापति गाउंलेले प्रवासमा रहेका नेपाली पत्रकारहरुको हक हितमा काम गर्न तथा विदेशमा रहेका महासंघका शाखाहरुलाई सुशिक्षित र सवल बनाउन नवनिर्वाचित कार्य समितिलाई निर्देशन दिनु भएको थियो । साथै कार्य समितिका नव निर्वाचित साथीहरुलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

उक्त भेलाले चयन गरेको नयां कार्य समिती यस प्रकार रहेको छ

संयोजकः भुषण घिमिरे जापान
सहसंयोजकः प्रदिप थापा अमेरिका
सचिवः जे.पी. सापकोटा यूएई
सदस्यः तील बिक्रम थेबे कतार
सदस्यः सुजन के.शी. कुबेत
सदस्यः कोपिला गौतम मलेशिया
सदस्यः रघु त्रिपाठी द.कोरिया
सदस्यः विश्वासदिप तिगेला यू.के.
सदस्यः सपना बस्याल मलेशिया
सदस्यः दामोदर नेपाल नेपाल
सदस्यः कुमार कार्की कतार
सदस्यः सागर श्रेष्ठ साउदी अरेबीया
सदस्यः सन्तोष दाहाल बहराईन
सदस्यः केजिन राई बेल्जियम
सदस्यः भरतराज पौडेल अष्ट्रेलिया
सदस्यः नवराज पोखरेल रोमानिया
सदस्यः रामचन्द्र नेपाल मलेशिया
सदस्यः खेमनाथ पौडेल यूएई
सदस्यः खाली .........

Don't Miss
© all rights reserved
made with by netKUTI