नारायण सापकोटा ,
भरतपुर कात्तिक २- आफ्नै छोराले चलाएको मोटरसाईकलबाट खसेर चितबनमा १ महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पूर्बि चितबन खैरहनी निबासी गंगा श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । भरतपुरबाट घर तर्फ जादै गर्दा ना ११ प ८५३६ को मोटर साईकलबाट भरतपुरको गौडा चोकमा आमा खसेको छोरा प्रकाश श्रेष्ठले बताउनु भयो । हिजो मोटरसाईकलबाट खसेर गम्भिर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा भरतपुर मडिकल कलेज भरतपुरमा आज बिहान मृत्यु भएको बताईएको छ ।