Responsive Ad Slot

latest

रातमा देउसीभैलो खेल्न रोक

Tuesday, October 25

/ by Admin BHOLA THAPA
गोरखामा ९ बजेसम्म मात्र रेष्टुरेष्ट खोल्न पाउने
समुन्द्र पौडेल
तनहुँ, कार्तिक ८-तिहारमा झै झगडासंगै अपराधीक घटना वढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले राती साडे ८ बजेपछि देउसीभैलो खेल्नमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकिय अधिकृत पदम लाल लामिछानेले मंगलबार जारी गरेको विज्ञप्तीमा शान्ति सुरक्षाका कारण साँझ ८ बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको उल्लेख गरेको छ । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालयले तिहारमा पटका जन्य विष्फोटक पदार्थको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बारुद्ध जन्य बस्तुको विष्फोटबाट शारिरीक क्षती पुग्न सक्ने भएकाले तिहारमा पटाका, रकेट बम जस्ता बस्तुको विष्फोटमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक विरेन्द्र शाहीले बताए । 

त्यसैगरी गोरखा प्रशासनले राती ९ बजेदेखी साँझ ६ बजेसम्म देउसीभैलो खेल्न रोक लगाएको छ । तिहारलाई व्यवस्थित बनाउन सुरक्षा समितिको बैठकले मंगलबार ९ बुढाको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कमल भट्टराईले बताए । 

कार्यालयले पटाका आयात, बेचबिखन र प्रयोग गर्ने तथा सामाजिक सद्भाव विग्रर्ने र होहल्ला गर्नेलाई कारर्वाही गर्ने , बेलुका ९ बजेपश्चात होटल रेष्टुरेष्ट बन्द गर्नुपर्ने र देउसी भैलोलाई सय भन्दा बढि रुपैया नदिन जिल्लाबासीलाई अनुरोध गरेको उनले बताए । प्रहरीले तिहारलाई मध्यनजर गर्दै राजमार्गमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI