Responsive Ad Slot

latest

आज कुकुर र काग तिहार ।।

Tuesday, October 25

/ by Admin BHOLA THAPA

काठमाडौं, कार्तिक ८ -
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार काग र कुकुरलाई पूजा गरी विविध खानेकुरा दिई तिहार मनाईदैछ । हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ ।

यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ । इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ । आज गृहस्थीहरूले कुकुरको पूजा गरी माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई ‘नरक चतुर्दशी’ पनि भन्ने गरिन्छ । आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहिआएको छ । यमपञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह–अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI