समुन्द्र पौडेल
तनहुँ, कार्तिक १२
मध्यमस्याङ्दी जलविद्युत परियोजनाको ट्रान्सफर्मरमा समस्या आएपछि शनिवार विहानदेखी लमजुङ र गोरखामा विद्युत सेवा अबरुद्ध भएको छ । परियोजनाको ट्रान्सफर्मर जलेपछि लमजुङका ३३ गाविस र गोरखाका ३ गाविसमा विद्युत सेवा अबरुद्ध भएको हो ।
लामो समयसम्म विद्युत समेत अबरुद्ध हुदाँ त्यस क्षेत्रको टेलिफोन तथा मोवाईल सेवामा समेत समस्या आएको छ । ट्रान्सफर्मरमा भएको समस्या पत्ता लागिसकेकाले मर्मतकार्य भईरहेको मध्यमस्र्याङ्दी परियोजनाको प्राविधिक शाखाले जनाएको छ ।