सन्देश पौडेल,
आश्विन २४ लमजुङ
बिश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रामा आएका एक विदेशी नागरिकको नगद रुपैँया सहित केही सामाग्री चोरी भएको छ । अन्नपूर्ण पदयात्राको क्रममा लमजुङको भुलभुलेबाट सदरमुकाम बेसीसहर आउँदै गरेका अमेरीकी नागरिक टोमको नगद १५ हजार, क्यामरा र चस्मा चोरी भएको हो । भुलभुलेबाट बेसीसहर आउँदै गरेको ध १ ख १२८ नम्बरको बसमा यात्रा गरीरहेका टोमको झोलाबाट नगद र सामाग्री चोरी भएको हो । बस यात्राका क्रममा छतमा राखिएको टोमको झोलाबाट नगद र सामाग्री चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेन्द्र रेग्मीले जानकारी दिनुभयो । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।