तनहुँ
कार्तिक ३- आजबाट तनहुको देबघाटमा २ दिने निशुल्क दन्त शिबिर संचालन भएको छ । नेदरल्याण्ड ओरल हेल्थ सोसाईटीको प्रबिधिक सहयोगमा सामुदायिक सेबा केन्द्र चितबनले सो सिबिर आयोजना गरेको हो ।आज बिहान सामान्य औपचारीक कार्यक्रम संगै सिबिर सुरु भएको हो ।सो कार्यक्रममा स्थानिय सहयोगी प्रगतीशिल आमा समुहकी अध्यक्ष कृष्ण लक्ष्मि श्रेष्ठले अतिथीहरुलाई फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो ।सो कार्यक्रमको संचालन रेडियो देबघाटका समचार प्रमुख नारायण सापकोटाले गर्नु भएको थियो ।सिबिरमा आज १५५ बिरामीले दातको उपचार गरेका छन् । शिविरमा दात सम्बिन्ध सम्पूर्ण रोगको उपचार गरीएको पनि बताईएको छ । शिविर भोली पनि जारी रहने आयोजकले जानकारी दिएको छ ।