Responsive Ad Slot

latest

सेनाको विमान सम्पर्कविहीन

Tuesday, October 18

/ by Masti Entertainment
बागलुङ , कार्तिक १,

नेपालगन्जबाट साँझ ७ बजे काठमाडौँका लागि उडेको नेपाली सेनाको आरएएन ४९ बीएन २टी हेलिकप्टर सम्पर्कविहीन छ। विमान बाग्लुङको बोवाङ जंगल क्षेत्रमा दुर्घटना भएको श‍ंका गरिएको छ। विमानमा चालक दलका सदस्यसहित ६ जना रहेको सेनाले जनाएको छ। प्रत्यक्षदर्शीहरुलाई उद्‌धृत गर्दै न्युज२४ टिभीले विमानमा आगो लागेको जनाएको छ। विमानमा चालक दलका सदस्य विशालसिंह राठौर र दिवाकर कार्की, डाक्टर रविता पाठक र बिरामी केशव ऐरीको नाम खुलेको छ। बाँकी २ जनाको नाम खुल्न सकेको छैन।

सेनाको उद्धार टोली अहिले घटनास्थलतर्फ गइसकेको छ। थप जानकारी आउन बाँकी।
Don't Miss
© all rights reserved
made with by netKUTI