काठमाडौं, असोज २७ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार सिन्धुली जिल्लामा भएको बस दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।प्रधानमन्त्री डा. भट्टराईले एक वक्तव्यमार्फत दुर्घटना हुनुको कारण पत्ता लगाई आगामी दिन यस्ता दुर्घटना हुन नदिन सम्भाव्य उपाय अवलम्बन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराएका हुन् । सिन्धुलीबाट काठमाडौंतर्फ आउ“दै गरेको ना.३ख ९४१२ नम्बरको यात्रुबाहक बस जिल्लाको झा“गाझोली नजिकै सुनकोसी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको थियो ।