हिरालाल के सी,
सल्यान आश्विन २४
वषौंदेखि खानेपाननीको समस्या झेल्दै आएका सल्यान लक्ष्मीपुर गाविस वडा नं ९ का बासीन्द अव गाउंमा खानेपानीको योजना परेपछि खुसी भएका छन् । घण्टौं लगाएर टाढको मुहानबाट पानी बोकी ल्याउनुपर्ने बाध्यता सहंदै आएका त्यहाँका बासिन्दा आफनै गाउँमा अब सुन्दर नेपाल संस्थाले सौर्य उर्जामार्फत् खानेपानीको व्यवस्था गर्ने भएपछि खुसी भएका हुन् । ऊर्जा मन्त्रालयबाट सन्चालित बैकल्पिक सौर्य उर्जा प्रणाली अन्तर्गत सोलार डिप बोरिङ्गको सहायताले गाउंमा पानी आउने भएपछि गाउँबासीहरुले अब खानेपानीको अभाव हटने विश्वास लिएका छन् । उता दाङ पुरन्धारा ७ मा पोल गाडेको ३ वर्ष वितिसक्दा पनि वडामा विजुली नबलेको भन्दै स्थानीय बासीन्दा आक्रोसित भएका छन् । “पोल गाडीएपछि नत तार झुण्ड्याइएको छ न त गाउंमा चांडै विजुली बाल्ने तर्फ कसैको ध्यान गएको छ” स्थानीयबासी सुरेन्द्र बहादुर डांगीले भन्नुभयो । गाउंमा छिट्टै विजुली बल्ने गरी काम अगाडी बढाउन पुरन्धारा वडा नं ७ का बासीन्दाले नेपाल विद्युत प्राधीकरण दाङ्ग शाखासंग माग गरेका छन् ।