Responsive Ad Slot

latest

गाँउको सम्झना

Sunday, October 30

/ by Admin BHOLA THAPA


आँखा भरि गाँउघर
थानिमाइको मेला,
लह लह धान झुलेको
तिहारको बेला !!

निधारमा सप्त रंगी
टिका लगाएर ,
जुवा, तास र पिङ्ग खेल्दै
उमङ्ग जगाएर !!

कल कल बग्ने फाउदी खोला
पौडी खेल्ने ठाउँ ,
सारै प्यारो लाग्छ मलाई
आफ्नै पहाड गाँउ !!

घाँस, दाउरा र गाई चराउने
कुसुन्नेको पाँखा,
सम्झी ल्याउदा मुटु दुख्छ
रसाउछन् आँखा !!

भित्रिडीको लिची अली
माथि रानी बेल ,
जिन्दगी नै यस्तै रहेछ
कर्मको यो खेल !!

पुर्कोट र बसन्तपुर
कौडा खेल्दै डुल्थ्यौ ,
चंदनीको जात्र संगै
चुड्का नाचमा भुल्थ्यौ !!

शिरमा थानीमाई बसेकी
सम्मो फाट माथि,
मिलिजुली बसेका छन्
हरेक जात जाती !!

कहाँ जन्म्यौ कहाँ हुर्केयौ
कहाँ मर्नु पर्छ ,
अतीतलाई सम्झी ल्याउदा
बर्बर आँशु झर्छ !!

सोचेको जस्तो भएछ भने
तिर्सना मेटौला,
दैबको कृपा रहेछ भने
आउने साल भेटौला !!
गणेश थापा
बसन्तपुर ४ तनहुँ
हाल दुवइ
इमेलः g.thapa94@yahoo.com
Don't Miss
© all rights reserved
made with by netKUTI