Responsive Ad Slot

latest

हिन्दुधर्मावलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार घरघरमा लक्ष्मी पूजा गरेर तिहार मनाइँदै

Wednesday, October 26

/ by Admin BHOLA THAPA
काठमाडौँ कात्तिक ९-
हिन्दुधर्मावलम्वी नेपालीहरुको दसैं पछिको अर्को ठूलो चाड तिहार आज तेस्रो दिन  परम्पराअनुसार घरघरमा धनधान्यदेवी लक्ष्मीको पूजा गरिँदैछ । आज बिहान लक्ष्मीको प्रतिकका रुपमा कतिपयले गाईको पूजा गरेका छन् । 

पञ्चाङ्ग निर्णायक समितिले तिथिअनुसार भोलिमात्र गाईपूजा गर्दा राम्रो हुने बताए पनि गाईको पूजा नगरी लक्ष्मी पूजा शुभफल नमिल्ने भन्दै गाइको पूजा गरिएको हो । गाईको शरीरमा विभिन्न प्रकारका रङको प्रगोग गरी सिङ्गारेर गाईलाई मनपर्ने खानेकुरा खुलाउने चलन छ ।

आज  तिहारको तेस्रो दिन साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठो र अरिबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर मइन बत्ति तथा केराको सुत्लोमा झिलिमिली बत्ती बालेर लक्ष्मीलाइ स्वागत गर्ने  गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल र फूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गर्ने चलन  छ  । 

भनिन्छ आज लक्ष्मीको पूजाका दिन घरमा लक्ष्मीको बास भए साल  आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ । यस्तै लक्ष्मीको प्रसादले पैसा राख्ने कन्तुर, दराज र सेभमा स्वस्तीक चिन्ह लेख्ने पनि चलन छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेलेर रमाइलो गर्ने परम्परा छ । 

यस वर्षको तिहारको टीकाको शुभसाईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाली साचारहरू ले छापेका छन । 

Don't Miss
© all rights reserved
made with by netKUTI