Responsive Ad Slot

latest

लडाकुको तलव बढ्यो

Sunday, October 2

/ by Admin BHOLA THAPA
बलराम बानियाँ काठमाडौं, आश्विन १५ - सरकारले शिविरमा रहेका माओवादी लडाकुको तलव बृद्धि गरेको छ। आइतबार बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले लडाकुको तलव जनही १५ सय रुपैयाँ बढाउने निर्णय गरेको हो । १५ सय रुपैयाँ बृद्धि भएसँगै माओवादी लडाकुको तलव ६ हजार ५ सय पुगेको छ । यसमा दैनिक खाना खर्च पर्दैन । खाना खर्चका लागि दुर्गम क्षेत्रका क्यान्टोनमेन्टका लडाकुले दैनिक १ सय १२ रुपैयाँ र सुगमका लडाकुले ७० रुपैयाँ पाउँछन् । सुरुमा तीन हजार तलव दिंदै आएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई हजार रुपैयाँ बृद्धि गरेको थियो । माओवादीका १९ हजार ५ सय ७५ जना लडाकु ७ मूख्य र २१ सहायक शिविरमा बस्दै आएका छन् । मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय गरेको छ । त्यसका लागि अर्थमन्त्री वर्षमान पुन संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यसैगरी सरकारले राष्ट्रपति रामवरण यादवको कतार भ्रमणमा ९ जनाको टोली सहभागी हुने निर्णय गरेको छ । भ्रमण टोलीमा राष्ट्रपतिकी छोरी अनिता, कामु परराष्ट्र सचिव दुर्गा भट्टराई, निजी चिकित्सकलगायत रहनेछन् । कतारी अमिरको निमन्त्रणमा राष्ट्रपति यादव असोज २३ गतेदेखि कतारको चारदिने राजकीय भ्रमणमा निस्कंदैछन् ।

साभारः इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI