Responsive Ad Slot

latest

बाणिज्य विभाग र उपभोक्ता समितिद्धारा अनुगमन

Saturday, October 15

/ by Admin BHOLA THAPA
आश गुरुङ,


लमजुङ, असोज २८ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा रहेका पसलहरुमा आज शुक्रवार अनुगमन तथा निरीक्षण गरिएको छ ।
बाणिज्य तथा आपर्ूर्ति मन्त्रालयको, बाणिज्य विभागको नेतृत्वमा राष्ट्रिय उपभोक्ता मञ्चको केन्द्रीय समिति, जिल्ला प्रशासन कार्यालय लमजुङ, राष्ट्रिय अनुसन्धान, लमजुङ उद्योग वाणिज्य संघ र संचारकर्मी सम्मिलित टोलीले बजारको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा पसलैपिच्छे फरक फरक मुल्य, पसलहरुमा मुल्यसूचि नटाँसिएका, मिसावट युक्त खाद्या सामाग्री राखिएका, नापतौलका सामाग्री सही नभएको, गुणस्तरहीन र म्याद गुज्रिएका समाग्री बेच्न राखेको, मदिरा तथा अन्य सामाग्री बेचविखनका लागि अधिकांश पसलहरु अनुमति विना सञ्चालनमा आएको पाईएको छ ।
बजार अनुगमनका क्रममा सवैभन्दा बढी खाद्यान्न सामाग्रीमा मिसावट र म्याद गुज्रेका वस्तुहरु वेसीशहर नारायणस्थानस्थित ज्योति जनसेवा उपभोक्ता सहकारीद्धारा संचालित सुपथ मूल्यको पसलमा पाईएको टोलीले जनाएको छ । टोलीका अनुसार सुपथ मूल्यका पसलले अन्य पसलहरुभन्दा बढी मूल्यमा उपभोक्तालाई खाद्यान्न सामाग्री विक्रीवितरण समेत गरेको पाईएको जनाएको छ ।
अनुगमन टोलीले सहकारी पसलमा राखिएको कोसी ग्याँस तौलने क्रममा निर्धारित तौल नपाईएको राष्ट्रिय उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले वताए । यसैगरि, वेसीशहरको एक पसलले २०६२ सालदेखि विनार् इजाजत डिलर सरह ग्याँसको विक्रीवितरण गर्दै आएको भेटिएको छ ।
बाणिज्य विभागका प्रतिनिधि लक्ष्मण शाही, उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतका केन्द्रीय टोली र जिल्लाका विभिन्न टोलीले तरकारी पसल साथै फूटपाथमा ब्यापार गर्दै हिँडेका चनाचटपटका ब्यापारीहरुको ठेलामा समेत निरीक्षण गरेको थियो ।
अनुगमन तथा निरीक्षणका क्रममा टोलीले नक्कली मसला, दालमोठ, भुजिया, म्याद गुज्रेका दाल, चनाकेराउ, विस्कुट, मिसावटयुक्त घिउ, तेल लगायतका खाद्यान्न सामाग्री बरामद गरेको छ । बरामद केही खाद्यान्न वस्तुलाई सामुने राखेर पसलेलाई नष्ट गर्न लगाएका थिए भने केहीलाई अनुगमन टोली आफै नष्ट गरेका थिए ।
आजको बजार अनुगमन तथा निरीक्षणका क्रममा देखिएका सवै विषयवस्तुलाई जिल्ला प्रशासन कार्यालय साथै संवन्धित संघसंस्थामा रिपोर्टिङ गर्ने र अटेर गरेमा कानुन अनुसार कार्वाही गर्न प्रशासन कार्यालयलाई सुझाव दिने अनुगमन टोलीका संयोजक बाणिज्य विभागका प्रतिनिधि लक्ष्मण शाहीले वताए ।
लमजुङ सदरमुकाम वेसीशहरमा यसअघि दशैँको बेला जिल्ला प्रशासन कार्यालयले बजारको अनुगमन तथा निरीक्षण गरेको थियो । त्यतिवेला भेटिएका कमजोरीलाई पहिलो पटक सच्याउन समय दिने र पछिका दिनमा पनि त्यस्ता कमजोरी दोहोरिएमा कारबाही प्रक्रियामा जाने अनुगमन समितिले चेतावनी दिएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI