कल्पना तुम्रोक,
हङकङ - किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा स्वर्णिम साँझ दोस्रो ३० अक्टुबर २०११ का साँझ याउमा तेई कम्युनिटी हलमा भव्यताको साथमा सम्पन्न गर्यो। कार्यक्रमलाई सुरुमा औपचरिक रुपमानै सञ्चालन गरिएको थियो। सोही संस्थाका अध्यक्ष्य कृष्णराज लावोतिको अध्यक्ष्यता भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर थिए भने विभन्न संघ संस्थाहरुबाट आएका प्रतिनिधीहरुलाई अतिथि आसन ग्रहन गराईएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि, संस्थाका अध्यक्ष, उपाध्यक्ष र स्वर्णिम साँझका लागि नेपालबाट आएका कलाकारहरुबाट पटका पड्काएर गरिएको थियो सोही कार्यक्रममा दुई वटा क्यासेट बिमोचन गरिएको थियो। मनु नेम्बांङको अडियो सिडी “तामा” र हस्त लिबांङको सब्द र संगीतमा रहेको सिडी “हापा चुरुरु” बिमोचन भएकोछ भने सोही समय चुम्लुङका फुटबल टिमलाई हिमालयन एक्सप्रोले स्पोर्टस ड्रेस प्रदान गरेकोछ। औपचारीक कार्यक्रमलाई सचिब नन्द चङसुले संचालन गरेका थिए अध्यक्षले औपचारीक कार्यक्रमलाई समापनगरेका थिए।
दोस्रो चरणमा रहेको सांस्कृतिक कार्यक्रमलाई नेपालबाट आएका लिम्बु तथा नेपाली भाषामा बहुप्रतिभासाली कलाकार यासेली योङयाङले सञ्चालन गरेका थिए। यस स्वर्णिम साँझका लागि नेपालबाट ६ जना कलाकारहरु आएका हुन्, यासेली योङयाङ, लिम्बुवानमा स्वरकी धनी मनु नेम्बांङ, झुमा नेम्बाङ, खोजी प्रतिभा रियालिटी सो १ मा फस्ट रनरअप हुनु सफल व्यक्ति उत्तम जंग लिम्बु (लावोती), नेपाली गायन क्षेत्रमा सफल गायिका झुमा वनेम, प्रथम पटक पुर्वञ्चलमा आइडल ल्याउनु सफल गायक कुसल थलक, मिस मंगोलमा प्रतिस्पदी भईसकेकी प्रतिभासाली गायिका सिता सिंङगोक जस्ता कलाकारहरु प्रत्येकले ३,३ वटा नेपाली र लिंम्बु गीत गायर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए।
स्थानीय कलाकारहरु राजु आङदेम्बे, सुनिता सम्भाहाम्फे, सुधा लिम्बु, हर्सित आले (चङसु)ले गाएका थिए भने लिम्बु तथा नेपाली नृत्य सुकु लिम्बु, धिरज लिम्बु, कल्पना तुम्रोक, टिका माक्खिम, नगेन्द्र लिम्बु, टिना मगर, निसाम चेम्जोंग, कान्छा लिम्बु, रोमीषा लिम्बु, ओम गुरुङ र राम लामाले प्रस्तुत गरेका थिए। चुम्लुङका कलाकारहरुबाट च्याब्रुङ देखी धान नाच देखाईएको थियो, यसैगरी स्वर्णिम साँझ दोस्रो सम्पन्न भयो।
dcnepal.com