रवि रोषी गतबर्षको तुलनामा यस बर्ष थुपै नेपालीहरुले कतारमा भव्यताको साथ दशैँ मनाएको समाचार प्राप्त भएको छ । कतारमा रहेका अधिकांश प्रवासी नेपाली दाजुभाईहरुले विधिपूर्वक कोठामा जमरा राखी दशमीको दिनमा टिका लगाइदिने र आफु भन्दा ठूला मान्यजनहरुबाट टिका तथा आशिष थापेको समाचार प्राप्त भएको छ । गतबर्ष भन्दा यस बर्ष लगभग ५० जनाको समूह मिली एकै ठाउँमा टिका लगाएको कुरा दोहाबाट रमेश भट्ट र चानक पोख्रेलले बताए । गत बर्ष आफुकहाँ टिका थाप्न आएका आफन्तजन र साथीभाईहरुको तुलनामा यस बर्ष दोव्वर उपस्थित भएकोले २ वटा खसी ढालिया,े अनलाईनमार्फत चानक पोख्रेलले भने । पोहोर भन्दा यो बर्ष खर्च दोव्वर भएपनि सवैलाई बोलाएर टिका लगाउँदै र मासुका पकवानहरु तथा फलफूल खुवाएर आफुले बोलाएका पाहुनाहरुसंग बसी खुशी मनाउन पाईयो हामी धेरै खुशी छौँ फेसबुकमार्फत दोहामा रहेका रमेश भट्टले जानकारी गराए ।
त्यस्तै गरी दोहामा रहदै आएका नवोदित साहित्यिक मोवाइल पुस्तकालयका राजेश्वर ढकाल, सागर अजनवी, चर्चित ढुंगेल, जगतराम बर्देवा घायलले पनि समूहगत रुपमा विजयादशमीको शुभ मुहूर््त पारी एकआपसमा टिका लगाएर दशैँ मनाए । बुवा आमाको हातबाट टिका थापेर आशिर्वाद लिने सौभाग्यबाट यो बर्ष बञ्चित भएपनि कतारमा नै साथीभाईको हातबाट टिका थापी दशैँको नियास्रो मेट्यौँ, दोहाबाट राजेश्वर ढकाल, चर्चित ढुंगेल र सागर अजनवीले च्याटमा जानकारी दिए ।