लमजुङ असोज २९ गते नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सभासद पृथ्वी सुव्वा गुरुङले भट्टराइ नेतृत्वको वर्तमान सरकारको दिनगन्ती शुरु भएको बताउनु भएको छ । एमाले लमजुङले विजया दशमी, दिपावली, छठ र बकर ईदको अवसरमा आज बेसीशहरमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता गुरुङले भट्टराई सरकारले शान्ति प्रक्रिया सम्वन्धि कुनै काम नगरेको र अब पनि केही गर्ने संकेत नदेखिएको दाबी गर्नुभयो । उहाँले सबैभन्दा असफल सरकार बाबुराम भट्टराई नेतत्वको सरकार हुने दाबीसमेत गर्नुभयो ।