तनहुँ आश्विन २२ दुलेगौंडामा आज वाम वुद्धिजिवीहरुको एक भेला सम्पन्न भएको छ । विजया दशमी तथा दिपावलिको अवसरमा शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले आयोजित भेलामा सहभागिहरुले कम्युनिष्टहरुको एकता हुनुपर्ने कुरामा जोड दिएका थिए । हरेक वर्ष विजयादशमीको अवसरमा पुनर्मिलन र शुभकामना आदानप्रदान हुदै आएको छ ।ने.क.पा.एमाले ढोरफिर्दी गाउँ कमिटीले आयोजना गरेको सो कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य शेषमणि आचार्य,राष्ट्रीय प्रतिनिधी परिषदका सदस्य चित्र थापा,अञ्चल सदस्य दधिराज सुवेदी,वुद्धिजिवी परिषदका जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल लगाएतले सो अवसरमा वोल्नुभएको थियो ।
खैरेनि दुलेगौंडा र ढोरफिर्दी गा.वि.स.लाई मिलाएर नगरपालीका वनाउनुपर्ने सहभागिहरुको भनाई,
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले खैरेनि दुलेगौंडा र ढोरफिर्दी गा.वि.स.लाई मिलाएर नगरपालीका वनाउनुपर्ने कुरामा जोड दिएको सो भेलामा सहभागि शुक्ला साहित्य संगमका अध्यक्ष आनन्द सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । एमालेका ढोरफिर्दी गाउँ कमिटीका अध्यक्ष रामवहादुर महतको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन खैरेनि गाउँ कमिटी अध्यक्ष कृष्णवहादुर पौडेलले र स्वागत दुलेगौंडा गाउँ कमिटीका अध्यक्ष धनेश्वर श्रेष्ठले गर्नुभएको थियो । हरेक वर्ष दुलेगौंडामा विजया दशमीको अवसरमा भेला हुँदै आएको छ । यो १७ औं भेला हो । यो भेलालाई वामपन्थिहरुको साझा मञ्चको रुममा विकास गर्नुपर्ने सहभागिहरुको भनाई थियो ।