Responsive Ad Slot

latest

माओवादी शीर्ष नेताहरु छलफलमा

Sunday, October 30

/ by Admin BHOLA THAPA
काठमाडौँ, १३ कात्तिक । पार्टीभित्र देखिएको विवादलाई कसरी हल गर्न सकिन्छ भनेर एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्वले आज छलफल गरेका छन् । पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको निवास सुकेधारामा भएको छलफलमा शान्ति र संविधानमा एकताबद्ध भएर जाने अनौपचारिक सहमति भएको स्थायी समिति सदस्य देव गुरुङले बताउनुभयो । पार्टीभित्र शान्ति पहिले की संविधान पहिले भन्ने बहस घनिभूत रुपमा चलिरहेको सन्दर्भमा दुईवटै विषयलाई सँगसँगै लानुपर्छ भन्ने विषयमा एकमत रहेपनि अरु दलले शान्तिप्रक्रियालाई अगाडि बढाएपछि मात्रै संविधानको विषय अगाडि बढाउनुपर्छ भनेर अडान लिएकाले त्यसलाई नै अगाडि बढाउने सहमति भएको नेता गुरुङले जानकारी दिनुभयो । आगामी कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकमा एकमतका साथ शान्ति र संविधानको मुद्दामा केन्द्रित हुने र यसका विरोधीहरु विरुद्ध एकताबद्ध भएर जाने सहमति आजको बैठकमा भएको उहाँले जानकारी दिनुभयो । शिविरमा रहेको कन्टेनरको साँचो प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुझाएपछि बढेको विवाद र विपा सम्झौतालगायतका विषयमा चर्किएको विवाद हल गर्न आज अनौपचारिक छलफल गरिएको गुरुङले बताउनुभयो । छलफलमा माओवादीका स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI