Responsive Ad Slot

latest

आज फुलपाती भित्र्याईँदै, आजबाट सरकारी कार्यालय बिदा ।।

Monday, October 3

/ by Admin BHOLA THAPA
काठमाडौ, आश्विन १६  हिन्दूहरूको महान चाड दसैंको सातौँ दिन आज घर–घरमा फुलपाती भित्र्याईदैछ । घटस्थापनाको दिन जमरा राखेको दसैंघरमा आज साँझ उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतको प्रतीकका रुपमा भित्र्याउने चलन छ । साथै देशभरिका देवीमन्दीर तथा सेना र प्रहरीका गण गुल्ममा पनि फुलपाती भित्र्याउने चलन छ । काठमाण्डुको वसन्तपुरमा पनि गोर्खाको दसैंघरबाट ल्याइएको फुलपाती भित्र्याउने चलन छ । यसपटक भने जमलबाट फूलपाती ल्याइनेछ । काठमाण्डुको जमलदेखि वसन्तपुरसम्म बाजागाजासहित फुलपाती लिन जाने चलन छ । फुलपाती भित्र्याउने समय पारेर काठमाण्डुको टुँडिखेलमा नेपाली सेनाले आज फुलपातीको बढाई गर्दैछ । फुलपातीको बढाई अवलोकनका लागि राष्ट्रपति डा. रामवरण यादव राष्ट्र प्रमुखको हैसियतले टुँडिखेल जानुहुनेछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने साढे २ बजे वसन्तपुर पुग्नुहुनेछ । यसैबीच, घटस्थापनादेखि दसैं शुरु भएपनि आजदेखि दसैंको चहलपहल अझ बढेको छ । काठमाण्डुलगायत देशभरिका देवी मन्दिरहरू आज अझ विशेष भीड लागेको छ । दसैंका लागि घर फर्कनेहरू भीड पनि बढेको छ । आजैदेखि सात दिनका लागि दसैं बिदा पनि सुरु भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI