Responsive Ad Slot

latest

प्रधानसेनापति चीनतिर

Sunday, October 30

/ by Admin BHOLA THAPA

काठमाडौ, कार्तिक १३ -

प्रधानसेनापति छत्रमानसिंह गुरुङ चिनियाँ जनमुक्ति सेनाका जनरल चेन वाङ दिको मैत्रीपूर्ण निमन्त्रणामा चीनको साताव्यापी भ्रमणका लागि आइतबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले नेपाली सेनालाई आधुनिकीकरण गर्नेलगायत यसको क्षमता अभिवृद्धिमा चिनियाँ सहयोगका लागि आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो ।

चीनले नेपाललाई रु ६० करोड ६६ लाख २० हजार बराबरको अस्पताल उपकरण उपलब्ध गराउने भएको छ । चिनियाँ प्रधानसेनापति वाङ दिको यसअघि सम्पन्न नेपाल भ्रमणमा चीनले सैनिक अस्पतालका निम्ति उक्त रकम बराबरको उपकरण उपलब्ध गराउने सहमति भएको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापतिकी धर्मपत्नी कमला गुरुङसहित छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापतिले गरेका छन् ।

उनीहरुलाई विमानस्थलमा बलाध्यक्ष रथी गौरवशमशेर जबरा, नेपाली सेनाका वरिष्ठ अधिकृत र यहाँस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ लिसिनले विदाइ गरेका थिए ।

प्रधानसेनापति गुरुङको अनुपस्थितिमा बलाध्यक्ष रथी जबराले प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।
साभारः इकान्तिपुर डटकम
Don't Miss
© all rights reserved
made with by netKUTI