Responsive Ad Slot

latest

बिपा सम्झौता राष्ट्रघाती होइन, मुलुकको हीतमा : प्रधानमन्त्री

Saturday, October 22

/ by Admin BHOLA THAPA
महेश आचार्य

नयाँ दिल्ली, कार्तिक ५ - प्रधानमन्त्री बाबुराम भट्टराईले लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) राष्ट्रघाती नभएको स्पष्टिकरण दिएका छन् । प्रतिपक्षी एमाले र उनकै पार्टी माओवादीको एउटा समूहले राष्ट्रघाती बताएपछि उक्त स्पष्टिकरण दिएका हुन् ।

'यो सम्झौता राष्ट्रघाती होइन, यसले मुलुकको हीत गर्छ । यो सम्झौताले भारतसंगको आर्थिक सम्बन्धमा ठूलो ढोका खोलेको छ' शनिबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री भट्टराईले भने । उनले यस सम्झौताका कारण भारतीय लगानी बढ्ने आशा समेत ब्यक्त गरे ।

उनले लोकतान्त्रिक बहुदलीय संस्कार बसिनसकेकाले विरोधका लागि विरोधमात्रै गर्ने उद्देश्यले कुनै वृत्तबाट सम्झौताबारे भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण सफल भएकोसमेत बताए । 'दुई पक्षमा रहेको आशंका कम गर्न धेरै हदसम्म सफल भयो' उनले भने, 'द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्न यो भ्रमण सफल भएको छ ।'

दुई मुलुकबीच रहेका समस्याहरु समग्रतामा समाधान खोज्न तयार हुनु महत्वपूर्ण रहेको उनको भनाई थियो । दुवै मुलुकका गैरसरकारी तथा सरकारी विशिष्ट व्यक्तिहरु बसी छलफल गरेर सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन सुझाव दिनेसमेत प्रधानमन्त्रीले उल्लेख गरे ।

सीमामा रहेका समस्याबारे संयन्त्र बनाएर समाधानतर्फ अग्रसर हुने समझदारी बनेको उनले बताए । खासगरी यसबारे भारतीय गृहमन्त्री पी चिदम्बरम्संग महत्वपूर्ण खुला छलफल भएको उनको भनाई थियो । 'नेपालीहरुले सीमामा भोग्दै आएको समस्या, भारतमा काम गरेर स्वदेश फर्कंदा नेपालीहरु सीमामा ठगिने गरेको समस्याबारे हामीले कुरा राख्यौं' उनले भने ।

उनले शान्ति प्रक्रिया आन्तरिक प्रक्रिया रहेकोले कसैको आशीर्वाद वा हस्तक्षेप स्वीकार्य नहुनेसमेत स्पष्ट पारे ।
समाचार साभारः इकान्तिपुर डट कम बाट
Don't Miss
© all rights reserved
made with by netKUTI