दमाैली आश्विन १७ तनहुँ भित्रका दुई हजार ६३३ वटा समूहमा आबद्ध महिलाले रु छ करोड १० लाख ६८ हजार बचत गरेका छन् । उक्त समूहमा आबद्ध १४ हजार ८२ जना महिला सदस्यले सो रकम बचत गरेको महिला तथा बालबालिकाको कार्यालय तनहुँले जनाएको छ । समूहका सदस्यले सङ्कलन गरेको बचत रकम उनीहरुमाझ नै आयमूलक कार्यमा लगानी गरेको बताइएको छ । कुखुरापालन बाख्रापालन तरकारीखेती किराना पसल होजियारी शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरेको महिला कार्यकर्ता विमला वाग्लेले बताउनुभयो । दुई-चार पैसाका लागि साहुमहाजनको ढोका ढक्ढक्याउनुपर्ने महिला यतिबेला दुई-चार रुपैयाँ कसैले मागेमा दिन सक्नेसमेत बनेका छन्