Responsive Ad Slot

latest

नेपाल प्रहरीलाई थप आधुनिकीकरण र व्यवसायिकरण गर्ने , गच्छदार

Monday, October 17

/ by Admin BHOLA THAPA
काठमाडौँ असोज ३० ,
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले नेपाल प्रहरीलाई थप आधुनिकीकरण र व्यवसायिकरण गर्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।५६ औँ प्रहरी स्थापना दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गच्छदारले प्रहरी संगठन सुधारका लागि बाधक बन्दै आएका प्रहरी ऐन-२०१२ र २०१७ संशोधनको तयारी भइरहेको बताउनुभयो । उहाँले अपराध नियन्त्रणका लागि केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई अधिकार सम्मपन्न बनाइने जानकारी दिनुभयो । प्रहरीलाई साधनस्रोत सम्पन्न गराउन सरकारले आधुनिक गाडीको व्यवस्था गर्नुका साथै पूराना हतियारलाई क्रमशः नयाँले विस्थापन गर्दै लैजाने नीति सरकारले लिएको जानकारी दिनुभयो ।प्रहरी अधिकारीहरुको सुरुवा र बढुवामा राजनीतिक दबाब भइरहेको भन्ने सञ्चारमाध्यममा आएका समाचारहरु कपोलकल्पित रहेको आरोप लगाउँदै आफूले त्यस्तो दबाब नदिएको जिकिर गर्नुभयो । प्रहरीमा हुने सरुवा बढुवालाई व्यवस्थित र मर्यादित बनाउने छिट्टै प्रहरी सेवा आयोग गठन गर्ने गरी आफूले तयारी गरिरहेको उहाँको भनाइ थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI