Responsive Ad Slot

latest

सभासद् भीमप्रसाद गौतम द्वारा महायज्ञमा आठ लाख रुपैयाँ बराबरको जग्गा दान

Wednesday, October 19

/ by Admin BHOLA THAPA
दमौली, २ कात्तिक । सभासद् भीमप्रसाद गौतमले महायज्ञमा आठ लाख रुपैयाँ बराबरको जग्गा दान गर्नुभएको छ । तनहुँको बन्दीपुर-१ डुम्रेस्थित चिजकुमार विष्णुकुमारी क्याम्पसको भवन निर्माणका लागि आयोजित श्रीमदभागवत् ज्ञान महायज्ञमा सभासद् गौतमले उक्त मूल्य बराबरको जग्गा दान गर्नुभएको हो । सभासद् गौतमले मङ्गलबार महायज्ञमा पृथ्वी राजमार्गसँग जोडिएको १५ हात घडेरी जग्गा दान दिनुभएको महायज्ञ प्रचारप्रसार समितिका संयोजक सुबोध अधिकारीले बताउनुभयो । महायज्ञ अगावै दाताहरुले २४ रोपनी जग्गा दिन प्रतिबद्धता जनाइसकेको भूमि खोजविन समितिका संयोजक छविलाल थापाले बताउनुभयो । यसैबीच तिहार अवधिभरका लागि व्यास नगरपालिका- १ गल्वुबेंसी क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । गल्वुबेंसी क्षेत्रलाई तिहार पर्वभरि शान्तिमय क्षेत्र बनाउने उद्देश्यले मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नव आदर्श टोल विकास संस्थाका अध्यक्ष रमेशचन्द्र हडखलेले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI