तनहुँ
कात्तिक २-
कात्तिक २-
तनहुमा रहेको देबघाट क्षेत्र बिकास समिती अन्तरगतको कार्य सम्पादन समितीको बैठक आज सम्पन्न भएको छ । समितीको बैठकले आर्थिक बर्ष २०६७ र ०६८को कार्य प्रगती बिबरण माथी समिक्षा गरेको छ । बैकठले अन्य बिभिन्न निर्णयहरु समेत गरेको छ । जसमा देबघाट आपटारी सडक मर्मत गर्नको लागी सम्बन्धित निकायमा डेलिकेशन जाने,देबघाट रामनगर ठिमुरा जोड्ने बाटोको लागी पहल गर्ने,कलेज अफ मेडिकल साईन्सेज भरतपुरलाई समितीको क्षेत्र भित्र रहेको हुँदा केही सर्तहरु कार्यनयन गराउने ,समितीको क्ष्ोत्र भित्र रहेका पुरातात्बिक महत्बका बस्तुहरु पहिचान गरी उत्खनन् गर्न सम्बधित निकायलाई अनुरोध गर्ने यस्तै समितीबाट संचालित बृद्धा आश्रम कमजोर हुदै गएको हुँदा सहज संचालनको लागी सहयोग गर्न बिभिन्न दाताहरु संग अनुरोध गर्ने निर्णय भएको समितीले जनएको छ । बैठक समितीका अध्यक्ष खिम लाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।