Responsive Ad Slot

latest

आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले पीडित महिलाहरुलाई हवाइ टिकेट उपलब्ध गरायो ।

Monday, October 10

/ by Admin BHOLA THAPA
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाले गत २९ जुलाई २०११मा अयोजित १७औ विश्व आदिवासी दिवस सम्पन्न गर्नको लागि आयोजक कमिटीका पदाधिकारीहरु, जनजातिहरुको प्रगती चाहने, जनप्रगतिशिल मन्च, साउदी अरबका अध्यक्ष श्री प्रेमध्वज लामा तथा नादेक कम्पनीमा कार्यरत श्री सामसन तामाङ ज्यूले कार्यक्रम सफल्ताको लागि प्रदान गर्नु भएको रकम साथै उक्त दिवसमा उपस्थित दर्शकहरुबाट संकलित रकम (स्मरण रहोस उक्त दिवसमा नेपालबाट दुई जना राष्ट्रिय कलाकारहरुका साथ साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो) सा. री. २७,०४५/- बाट जम्मा लागेको खर्च सा. री. २३,८३९/- कटाइ संचित रहेको जम्मा रकम सा. री. ३,२०६/- अथवा नेपाली रुपैया लगभग ६४,१२०/- महासंघको बोर्ड कमिटीको पूर्व सहमती अनुसार नै साउदी अरेबियामा अलपत्र परि नेपाली दुताबासमा शरणार्थी जीवन बिताइरहेका पीडित महिलाहरुलाई रियाद देखि काठमाडौं सम्मको लागि हवाइ टिकेटको ब्यबस्था गरिएको छ ।
दुताबासबाट चार जना पीडित महिलाहरुको नाम सुची प्राप्त भए पनि दुई जनाको Deportation Process नसकिएकोले हाललाई दुई जनाको लागि मात्रै स्वदेश फर्किने हवाइ टिकेटको ब्यबस्था गरिएको छ ।
साउदी अरेबियामा पहिलो पटक विश्व आदिवासी दिवस मनाउन अबसर तथा वातावरण बनाइदिनु हुने नेपाली दुताबासका तत्कालिन का वा राजदूत तथा बर्तमान उपनियोग श्री हरिश्चन्द्र घिमिरे लगाएत दुताबासका सम्पुर्ण पदाधिकरीज्युहरु, साझा संयन्त्र लगाएत अन्य सदस्यहरु तथा बिभिन्न संघ संस्थाहरुका पदाधिकारीज्युहरुलाई उक्त १७औ विश्व आदिवासी दिवस २०११का आयोजक कमिटी हार्दिक आभार ब्यक्त गर्दछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI