Responsive Ad Slot

latest

महेन्द्रनगरको भाँसीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

Tuesday, October 11

/ by Admin BHOLA THAPA
नारयण सापकोटा
महेन्द्रनगर , आश्विन २४


महेन्द्रनगरको भाँसीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको महेन्द्रनगर–सुडा सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहानसदरमुकाम महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको बागेश्वरी यातायातको ना ४ ख ६५० नम्बरको बस भाँसीको मालिका फिलिङ स्टेशन नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षका युवक बसका खलासी हुनसक्ने प्रहरीले अनुमान गरेको छ । त्यस्तै उपचारका क्रममा मृत्यु भएका युवकको खल्तीबाट सुदर्शन भट्ट, सुडा गाउजी लेखिएको फोन डायरी फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अवस्था गम्भीर भएकालाई महाकाली अञ्चल अस्पतालले भारतको बरेली रिफर गरेको छ । अन्य घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सात जनालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएको उद्धारमा संलग्न सशस्त्र प्रहरीको टोलीले जनाएको छ । तिव्र गतिमा रहेको बसले राजमार्गमा रहेको पुलको दक्षिणपट्टीको ¥यालिङ भत्काउँदै साईकल डो¥याउँदै गरेका तीन जनालाई ठक्कर दिएको बताइएको छ । बस सडकै पल्टिएका कारण भाँसी क्षेत्रमा सवारी साधनको अवागमन अवरुद्ध भएको छ ।

यसैगरी दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । कामाडौंबाट तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख ९६४५ नम्बरको बस बिहान दाङको ग्वार खेलामा पल्टिदा १६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।
फोटो साभारः इकान्तीपुर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI