सुबास लामिछाने
दमौली कार्तिक ६ - नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले पाटी भित्रको आन्तरीक विवाद चाँडै अन्त्य हुने बताउनुभएको छ । नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गदै उहाँले पाटी भित्र सामान्य समस्या भएपनि सवै मिलेर समाधान गर्ने बताउनुभयो ।
अर्को एक प्रशंगमा उहाँले आफू तानाशाह नभएको बताउँदै जीवन नै पार्टी र प्रजातन्त्रप्रति समपर्ण गरेकोले कसैले तानाशाहको आरोप लागउँछ भने उसको मुल्यांकन नै कमजोरी रहेको टिप्पणी गर्नुभयो ।
यसैगरि काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत माओवादी भित्रको अन्तरकलहका कारण शान्ति प्रकृया निश्कर्षमा पुग्न नसकेको बताउनु भएको छ ।
प्राविधिक विद्यार्थी परिषदले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री सिटौलाले शान्ति निश्कर्षमा नपुगे लोकतन्त्र समेत सुनिश्चित नहुने दाबी गर्नुभयो । शान्ति प्रकृया टुंग्याउने र लोकतान्त्रिक संविधान जारी गर्ने सम्बन्धमा माओवादीको चरित्र अझै स्पष्ट नभएको सिटौलाको आरोप छ ।
राजनीतिक स्थायित्व कायम भए मात्रै मुलुकको समग्र विकास हुनेमा जोड दिदै सिटौलाले त्यसका लागि माओवादी इमान्दार बन्नुपर्ने धारणा राख्नुभयो ।
नेता सिटौलाले नेपाली काग्रेसभित्र चरम उत्कर्षमा पुगेको भातृसस्था विवाद मिलाउन पार्टी नेतृत्व गम्भिर रहेको बताउनुभयो ।