काठमाडौं, कार्तिक १३ - सरकारले प्रधान सेनापति छत्रमान सिंह गुरुङको चीन भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहान बसेको बैठकले आइतबारदेखि सुरु हुने चीन भ्रमणलाई स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रधान सेनापतिको चीन भ्रमणका क्रममा वीरेन्द्र सैनिक अस्पताललाई प्राप्त हुने मेडिकल तथा तालिम उपकरण सहयोग स्वीकार्न अनुमति दिएको छ । (इकान्तिपुर)