Responsive Ad Slot

latest

नेपाली चेली खाडीका डान्सबारमा तस्करी

Sunday, October 16

/ by Admin BHOLA THAPA
पर्यटक भिषामा युवतीलाई खाडी मुलुकका डान्सबारमा लैजाने नेपाल एयरलाइन्सका एक कर्मचारीसहित तीन दलाललाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय बिमानस्थल प्रहरीले शुक्रबार राती खाडी मुलुक जान लागेका ७ महिलालाई नियन्त्रणमा लिएपछि उनीहरुको सुचनाका आधारमा दलाल समुह पक्राउ परेको हो । पक्राउ पर्नेमा एयरलाइन्सका कर्मचारी मिगी केसी, डान्सबारका लागि युवती खोजी गर्ने ललित महर्जन र उनीहरुको नक्कली कागजपत्र तयार गर्ने राजन सुवेदी छन् । सुबेदी हात्तिसारस्थित ग्यालिलियो ट्राभल्सका सञ्चालक हुन् ।  केसीलाई शनिबार राती ८ बजे ललितपुरस्थित घरबाट पक्राउ गरिएको हो । उनले ती युवतीलाई कागजपत्रबिनै बिमानमा चढाउने गरेको प्रहरीले जनाएको छ । महर्जनले १५ बर्षदेखी खाडी मुलुकमा काम गर्ने युवतीको खोजी गर्ने गरेको बताए । विमानस्थल प्रहरी प्रमुख डिआइजी नारायण बस्ताकोटीले दलालले बिमानस्थलसंग सम्बद्ध कर्मचारीको मिलेमतोमा युवती पठाउने गरेको बताए ।  बस्ताकोटीले चेलिबेटीलाई प्रलोभन देखाएर खाडी मुलुक पुर्याएपछि अलपत्र पार्ने र अनुचीत कार्यमा जबरजस्ती लगाउने गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।’ नेपाली युवतीहरु विदेशी मुलुकका डान्सबारमा काम गर्न जाने घटना भने नौलो होइन । एक बर्षअघि सिंगापुरको डान्सबारमा युवतीलाई लगेर जबरजस्ती डान्स गर्न लगाउने दुई नेपाली मोडललाई प्रहरीले पक्राउ गरेको थियो । सिंगापुरसहित खाडी मुलुकका डिपार्टमेन्टल स्टोर लगायतमा काम लगाइदिने भन्दै नेपाली चेलीलाई लैजाने गरिएको प्रहरीले जनाएको छ ।प्रस्थान पास लिएर हिड्न लागेका उनीहरुलाई सोधपुछ गर्दा पर्यटक भिसामा काम गर्न जान लागेको बताएका थिए । पर्यटक भिषामा अर्को देश घुम्न जादा निश्चित अमेरीकी डलर बैकमा दाखिला गरेको हुनुपर्छ । त्यस्तो नभेटिएपछि प्रहरीले उनीहरुमाथी थप सोधपुछ गरेको थियो । युवतीहरु १८ देखी २८ बर्ष उमेर समुहका छन् । source:www.nepalhorizons.com
Don't Miss
© all rights reserved
made with by netKUTI