काठमाडौं, ३० असोज
नेपाल प्रहरीले आज ५६ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ । दिवसको अबसरमा प्रहरी प्रधान कर्यालय नक्सालमा विशेष कार्यक्रमको आयोजना गरियो । सो अवसरमा सहादत प्राप्त गर्ने चार जना प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।प्रधानकार्यालयमा भएको कार्यक्रमलाई संम्वोधन गर्दै उप प्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छेदारले जनताले प्रत्यक्ष सुरक्षाको अनुभूति दिलाउने खालको काम गरेर देखाउन प्रहरीलाई निर्देशन दिनुभयो ।गृहमन्त्री गच्छेदारले समाजसँग हातेमालो गरेर अघि बढेमात्रै प्रहरीले शान्ति सुव्यबस्था कायम गर्न सक्ने बताउनुभयो । आफुले प्रहरी संगठनमा हस्तक्षेप नगरेको बताउदै भविष्यमापनि त्यस्तो नहोस भनेर प्रहरी शेवा आयोग गठन गर्ने प्रक्रिया अघि बढाउन लागेको जानकारी दिनुभयो ।कार्यक्रममा गृहसचिब शुसिल जंग राणा, प्रहरी महानिरिक्षक रबिन्द्र प्रताप शाह लगाएतकाले शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठ दृढता पूर्बक लाग्नु पर्नेमा जोड दिनुभयो ।राणा शासन देखिनै नेपालमा प्रहरी कार्यरत रहेपनि विक्रम सम्वत २०१२ सालमा प्रहरी ऐन वनेपछि मात्र औपचारीक रुपमा प्रहरी संगठन स्थापना भएको हो । प्रहरी दिवसकै अवसरमा राजधानी बाहिरका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।यसैगरी आज विश्व गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ देखि अक्टुवर १७ तारिखका दिन यो दिवस विश्वव्यापी रुपमा मनाईदै आएको छ ।यूनडिपी र अक्सफोर्डले संयुक्त रुपमा तयार पारेको प्रतिवेदन अनुसार नेपालमा ६५ प्रतिशत मानिस गरिबीको रेखामुनी रहेका छन् । वर्तमान अवस्थमा अति गरीव जनताको हितमा विभिन्न कार्यक्रमहरु सचालन गरि गरिविको रेखा मुनी रहेका जनताको जिवनस्तर उकास्न सकेमामात्र गरिवि निवारण गर्ने लक्ष पुरा हुने देखिन्छ ।अध्ययनमा आय मात्र नभएर शिक्षा, स्वास्थ्य तगाएत दैनिक जीवनका १० वटा परिसूचकको आधारमा गरिबीको परिभाषा गरिएको छ ।