गोरखा कार्तिक ३-
गोर्खाको वुङकोटवासीले ज्यादल खोलामा विष हाली माछा मार्न प्रतिवन्ध लगाएका छन् । वजारवाट ल्याईएका विष हालेर माछा मार्ने गर्दा खोलामा माछाहरुनै नाश भएर जानुका साथै विगतका वर्षहरुमा विषको कारण पशुहरु मर्ने तथा मान्छे पनि मर्ने सक्ने भएकाले स्थानिय वासिन्दाले विष हाल्न प्रतिवन्ध लगाएका हुन् । वुङकोट गाविसको वार्ड न २ देखि ९ नम्वर अन्र्तगतको ६ विसे,तल्लो १२ विसे आसपासमा पर्ने खोलामा गाविस भन्दा वाहिरका मान्छेहरु आएर माछा मार्ने भएकाले स्थानिय वासिन्दाको पहलमा विषको प्रयोग गरि माछा मार्ने काममा प्रतिवन्ध लगाउनुका साथै यदि प्रतिवन्धित् खोलामा विष हाली माछा मारेको भेटीएमा कानुनी कार्वाहीको साथमा २० हजार जरिवाना समेत गरिने स्थानीय वासिन्दाले जनाएका छन् ।भोटी चिल्ली, शहर, सानो कत्ले, गड्यौला लगाएतका माछाहरु पाईने सो खोलामा मेटासीड लगाएतका वजारमा पाईने विषहरु हाल्नलाई प्रतिवन्ध लगाएको भए पनि घरेलु विषहरु प्रयोग गर्दै जाल हानेर माछा मार्न भने फुकुवा गरिएको जिव नाथ अंगाईले जानकारी दिनुभयो ।