कमल खत्री,
आश्विन २४ म्याग्दी दशै बिदामा हिमाली जिल्ला मुस्ताङ्ग भम्रण गर्ने आन्तरिक पर्यटक बढेपछि म्याग्दी सदरमुकाम बेनीका होटलहरु भरिभराउ बनेका छन् । पैदल र सवारी मार्गका लागि बेनीलाई मुस्ताङ्ग प्रवेशद्धारको रुपमा लिईन्छ । दशैको टिका पछाडि मुस्ताङ भम्रणका लागि पर्यटकहरु चल्न थालेपछि व्यवसाय पनि राम्रै हुन थालेको होटल व्यवसायीहरुले बताएका छन् । बेनीका नाम चलेका ठुल्ठुला देखि साना होटलहरु समेत अग्रिम बुकिङ्ग हुन थालेपछि व्यवसायीहरु उत्साहित बनेका छन् । बेनीमा मुस्ताङ्ग लेते, होटल डल्फिन, यति, दिपशिखा लगायत एक दर्जन स–साना होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा छन् ।