Responsive Ad Slot

latest

आज कोजाग्रत पूर्णिमा, दसैं सकिँदै ।।

Tuesday, October 11

/ by Admin BHOLA THAPA
कोजाग्रत अवसरमा आज राज्यभरि धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै छ । पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुन्ठबाट पृथ्वीमा “को जाग्रत छ” भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्य कतै पनि उज्याले नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र तिनीहरुबाट प्रसन्न भई धनधान्यले पूर्ण पारिदएको विश्वास मानी आज महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्रम बस्ने प्रचलन छ । विजयादशमीको दिनदेखि सुरु भएको टीका र जमरा लगाउने काम परम्परागत रुपमा आजकै दिनबाट पूरा हुन्छ । यसका साथै घटनास्थापनाका दिन विधिवत् राखिएको जमरा, कलशलगायत पूजाका अन्य सम्पूर्ण अवशेष आजै विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमा नेपालीहरुको अर्को महान् चाड तिहारको आगमन हुन लागेको सङ्क्ेतका रुपमा पनि मनाइन्छ । भोलिदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा, कार्तिकस्नान तथा तुलसीपूजा प्रारम्भ हुन्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI