समुन्द्र पौडेल,
तनहुँ, कात्तिक १-
नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माग पूरा नभएसम्म सदनमा आन्दोलन जारी राख्ने बताएका छन्। दण्डहिनता अन्त्यका लागि काङ्ग्रेस र एमालेले सदनमा राखेको प्रश्न सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए।

नेता पौडेलले रक्षा मन्त्री शरत्सिंह भण्डारीको अपराध राष्ट्रिय अखण्डताविरुद्धको अभिव्यक्ति भएकोले तराईमा विवाद नचिर्किने बताए। 'भण्डारीको राजीनामाले तराईमा विवाद चर्कँदैन।' उनले भने, 'तराईका जनता पनि राष्ट्रिय अखण्डताकै पक्षमा छन्।'
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण सद्भावना भ्रमण मात्र भएकोले नेपाली काङ्ग्रेसले कुनै आकांक्षा र सुझाव नराखेको उनले बताए।